०४ साउन २०८३, सोमबार

भरतपुर महानगरमा ९८ हजार मत गणना, कसको कति ?

भरतपुर महानगरमा ९८ हजार मत गणना, कसको कति ?

भरतपुर महानगरपालिकामा ९८ हजार १०७ मत गणना भएको छ ।

जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३८ हजार ७०८ मत ल्याएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३० हजार १९२ मत ल्याएका छन् । 

सुवेदीमाथि दाहालले ८ हजार ५१६ मतान्तर कायम राखेकी छन् । 

अर्का उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ६४८ मत ल्याएका छन् । 

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९४९ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २३ हजार ८९५ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्