×

NMB BANK
NIC ASIA

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

जेठ ९, २०७९

NTC
Premier Steels

नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । 

Muktinath Bank

पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफुहरुले पहल गर्ने बताए । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुदै आएको छ । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन् । श्रम सहकार्यसंगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौं ।’ 

Vianet communication

नेपाल र मलेसियाबीच लगानी सम्वन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताए । नेपालमा खासगरी पर्यटन, जलविद्युत, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । 

वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । मलेसियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट आफुहरुले पनि पहल गर्ने अध्यक्ष मल्लले प्रतिवद्धता जनाए । 

मलेसियाका चार्च डि अफेयर्स हसनले लगानीका लागि आफुहरू तयार रहेपनि प्रतिफलको सुनिश्चितता सम्वन्धी कानून स्पष्ट हुन नसकेको बताए । उनले भने, ‘मलेसियाले सूचना प्रविधिको पक्षमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन । तर प्रतिफल सम्वन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौं ।’

मलेसियाले अहिले पनि लाखौं नेपाली युवाहरुलाई रोजगारी दिएको स्मरण गराउँदै हसनले  आगामी दिनमा यो संख्या थप बढ्न सक्ने बताए ।

जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाइ छ । 

नेपाल र मलेसियाबीच नीजि क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष मल्लले जोड दिए । 

खासगरी अन्तराष्ट्रियस्तरको मेलामा एक अर्काको मुलुकका व्यवसायिक क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन सकिए आर्थिक सम्वन्ध थप मजवुत हुने अध्यक्ष मल्लको भनाइ छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x