०१ साउन २०८३, शुक्रबार
स्थानीय चुनाव

पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको जित सुनिश्चित

पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको जित सुनिश्चित

पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपछि आचार्यको जित सुनिश्चित भएको हो । 

पोखरा महानगरपालिकामा मंगलबार बिहानसम्म १ लाख ३८ हजार २११ मत गणना सम्पन्न भएको छ । जसमा आचार्यले ५६ हजार ४७१ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो 

यस आधारमा अब करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले ५३ सय बढीको मतान्तर बनाइसकेका छन् । यस्तै उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मत पाएर विजय नजिक पुगेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्