०३ साउन २०८३, आइतबार

मेयर निर्वाचित भएपछि रेनुले भनिन्- भरतपुरको विकासका लागि मतदाताले मलाई रोज्नुभयो

मेयर निर्वाचित भएपछि रेनुले भनिन्- भरतपुरको विकासका लागि मतदाताले मलाई रोज्नुभयो

चितवन भरतपुरको मेयरमा निर्वाचित माओवादी नेतृ रेनु दाहालले पहिलो कार्यकालमा गरेका कामको मतदाताले अनुमोदन गरेको दाबी गरेकी छन् । भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताइन् । 

मेयरमा निर्वाचित भएपछि मंगलवार पत्रकारहरूसँग कुरा गर्दै मेयर रेनुले सबैलाई मिलाएर भरतपुरको विकास गर्ने बताएकी हुन् । ‘यसपटक मैले सोचेको भन्दा राम्रो मत पाएकी छु । पहिलो कार्यकालमा जनभावनाअनुसार काम गरेँ, त्यसको मूल्यांकन हो जस्तो लाग्छ,’ दाहालले भनिन्, ‘बाँकी आउने कार्यकालमा पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न सक्दो कोसिस गर्नेछु । नमूना शहर बनाउने संकल्प पूरा गर्नको लागि लाग्नेछु ।’

भरतपुरको विकास रेनुबाट मात्र हुन्छ भनेर मतदाताले अभिमत दिएको उनले दाबी गरिन् । मंगलवार बिहान सम्पन्न मतगणना अनुसार एमालेका विजय सुवेदीलाई झण्डै साढे १२ हजार मतान्तरले पराजित गर्दै माओवादी उम्मेदवार दाहाल भरतपुरको मेयर निर्वाचित भएकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्