×

NMB BANK
NIC ASIA

कलेजबाट ‘रेस्टिकेट’ गरिदिने धम्की दिँदै छात्रालाई ‘सेक्स पार्टनर’ बन्न दबाब दिएपछि ...

जेठ १०, २०७९

NTC
Premier Steels

चाबहिलको सेन्ट लरेन्स कलेजका संयोजक जनार्दन अधिकारीले विद्यार्थीलाई कलेजबाट निष्कासन गर्ने धम्की दिँदै यौन दुर्व्यवहार गर्ने गरेको खुलेको छ ।

Muktinath Bank

कलेजको ११ कक्षामा पढ्ने विद्यार्थीलाई २ महिनादेखि आफ्नो ‘बेड पार्टनर बन’ भन्दै म्यासेज गर्ने र भन्ने गरेको खुलासा भएपछि मंगलवार विद्यार्थीले आन्दोलन गरेका थिए । ती विद्यार्थीलाई मात्रै नभएर अन्य विद्यार्थीलाई पनि अधिकारीले यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्दोलन गर्न काठमाडौं प्रहरी वृत्त गौशाला आएका विद्यार्थीका अनुसार अन्य विद्यार्थीलाई छोटा कपडा लगाएर फेसबूकमा फोटो राख्न भन्ने गरेको आरोप लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

‘किन सर्ट लगाएर फोटो राख्छेस्, स्कर्ट लगाएर राख न ! झन् राम्रो देखिन्छ भन्दै ढाडमा सुम्सुम्याउँथे,’ एक जना विद्यार्थीले भनिन्, ‘मलाई पनि त्यो सरले एक महिनादेखि त्यस्तो गर्दै आएको थियो ।’

Vianet communication

संयोजक अधिकारीले पत्नीसँग लामो समय रोमान्स गर्न नपाएकाले विद्यार्थीहरूलाई ‘सेक्स पार्टनर’ बन्न भन्ने गरेको कुरा बाहिर आएपछि आन्दोलन गरेको विद्यार्थीले बताएका छन् ।

‘त्यो सरले साथीलाई म रुम खोजेर राखिदिन्छु तिमी बस्छौ भनेर सोधेछ,’ अर्की विद्यार्थीले सुनाइन्, ‘त्यसपछि उसले आफ्ना बाआमालाई भनेपछि हामीले आज आन्दोलन गरेका हौं ।’

अधिकारीले ती विद्यार्थीलाई आफूले भनेको कुरा बाहिर कसैलाई भनेमा परीक्षा दिन नमिल्ने बनाइदिने र कलेजबाट निष्कासन गरिदिनेसम्मको धम्की दिएको विद्यार्थीको दाबी छ ।

ती विद्यार्थीका अभिभावकले गौशाला वृत्तमा किटानी जाहेरी दिएका छन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीका अनुसार अहिले अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ ।

‘हामीले उहाँलाई नियन्त्रणमा लिएका छौं । अनुसन्धान भइरहेको छ,’ मैनालीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x