०३ साउन २०८३, आइतबार

शुरू भयो सुनिता डंगोलको विजय र्‍याली, भनिन्- राम्रो कामको बाधक बन्दिनँ

जेठ १३, २०७९
शुरू भयो सुनिता डंगोलको विजय र्‍याली, भनिन्- राम्रो कामको बाधक बन्दिनँ

काठमाडौंको उपप्रमुखमा निर्वाचित भएपछि सुनिता डंगोलले विजयी र्‍याली गरेकी छन् । 

र्‍याली काठमाडौंका विभिन्न ठाउँमा पुग्नेछ । र्‍यालीलाई सम्बोधन गर्दै डंगोलले आफू विकास र राम्रो कामको बाधक नबन्ने बताइन् । 

‘हामी शासक होइन, सेवक बन्न तत्पर छौँ, जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन्, ‘विकास र राम्रो काममा बाधक बन्ने छैन, सहकर्मी साथीहरूलाई पनि यही भन्न चाहन्छु ।’

उनले अब जीतहारको मानसिकता त्यागेर सहकार्य र सहअस्तित्व कायम हुनुपर्ने पनि बताएकी छन् । ‘मतदाताले काँधमा जिम्मेवारी थपिदिनुभएको छ । युवाहरूमा आशा देखिएको छ,’ उनले भनिन्, ‘अब खुट्टा तान्ने प्रवृत्तिमा लाग्नु हुँदैन त्योभन्दा माथि उठ्नुपर्छ ।’

उनले आफूहरूलाई खबरदारी गर्न पनि काठमाडौंवासीलाई आग्रह गरेकी छन् । ‘देश विकासका लागि युवा अघि सरेको छ,’ उनले भनिन्, ‘आशाको दीप बलेको छ, यो दीपलाई कदापि निभ्न दिनेछैनौँ ।’

एमालेबाट उम्मेदवार  बनेकी डंगोल ४४ हजार ८०६ मतको फराकिलो अन्तरका साथ विजयी भएकी हुन् । उनले ६८ हजार ६१२ मत ल्याएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्