०२ साउन २०८३, शनिबार

भारतले गहुँ निर्यात रोकेपछि यूएईमा ठूलो संकट

जेठ १४, २०७९
भारतले गहुँ निर्यात रोकेपछि यूएईमा ठूलो संकट
फाइल फोटो

भारत सरकारले खाद्यान्न निर्यालमा एकपछि अर्काे प्रतिबन्ध लगाउँदै आएको छ । सम्भावित खाद्य संकटलाई आकलन गर्दै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

भारत सरकारले हालसम्म खानेतेल, गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । 

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि यूएई ठूलो संकटमा परेको छ । भारतमा यसपालि गहुँ उत्पादन कम भएकाले मूल्यवृद्धि समेत भएको छ ।

भारतले निर्यात रोकेपछि प्रमुख खरिदकर्ता यूएईमा पीठोको मूल्य बढेको छ । संसारका प्रमुख गहुँ उत्पादक देश रुस र युक्रेनमा युद्ध चलिरहेकाले गहुँको मूल्य १०–१५ प्रतिशत बढेको छ । 

यस्तै बेला भारतले समेत गहुँ निर्यात रोकेपछि झन् संकट उत्पन्न भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले स्वदेशमै गहुँ संकट हुनसक्ने आकलन गर्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्