
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरीको इनरुवा नगरपालिका–१, भगवतीरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको उद्घाटन गरी सेवा शुरू गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले उद्घाटन गरेका थिए ।