०८ साउन २०८३, शुक्रबार

प्रेमीसँग विवाह गर्नका लागि नदी तरेर अर्को देश पुगिन् यी युवती, परिन् पक्राउ

जेठ १८, २०७९
प्रेमीसँग विवाह गर्नका लागि नदी तरेर अर्को देश पुगिन् यी युवती, परिन् पक्राउ

प्रेममा परेको मानिस जुन हदसम्म पनि जान तयार हुन्छ । 

बंगलादेशबाट भारत पुगेकी २२ वर्षीया कृष्णा मण्डलले प्रेमका लागि गरेको कथा आश्चर्यजनक छ । उनी आफ्ना प्रेमीलाई भेट्न खतरनाक वन्युजन्तुहरू भएको सुन्दरवन डेल्टा पार गरेर पश्चिम बंगाल आएकी हुन् । 

तर उनलाई प्रहरीले पक्राउ गरेर बंगलादेश फर्काउने तयारी गरेको छ । 

कृष्णाले केही समयअघि फेसबूकमार्फत भारतमा बस्ने आशिक मण्डलसँग मित्रता गाँसेकी थिइन् । त्यो मित्रता प्रेममा कुन बेला परिणत भयो दुवैले चाल पाएनन् । 

उनीहरू विवाह गर्ने निष्कर्षमा पुगे । कृष्णासँग पासपोर्ट नभएकाले भारत जान पाउँदैनथिइन् । त्यसपछि उनले सुन्दरवन डेल्टा पौडेर भारत आउने निर्णय लिइन् । 

उनी एक घन्टा नदीमा पौडिइन् र भारत सीमा पुगिन् । कोलकाताको एक मन्दिरमा कृष्णा र आशिकको विवाह पनि भयो । 

तर प्रहरीले चाल पाएपछि कृष्णालाई पक्राउ गर्‍यो । भारत प्रवेश गर्ने आवश्यक दस्तावेज नभएको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

अब बंगलादेशका सीमा अधिकारीहरूसमक्ष कृष्णालाई सुम्पिने तयारी चलिरहेको छ । कृष्णाका पति आशिक कानूनी सहायता लिन खोजिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्