०१ साउन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथ्ल्याब र ग्यालेक्सी क्लिनिकमा विशेष छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथ्ल्याब र ग्यालेक्सी क्लिनिकमा विशेष छुट पाउने

माछापुच्छ्रे बैंक र काठमाडौं प्याथ्ल्याब एण्ड डायग्नोस्टिक सेन्टर प्रालि र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथ्ल्याबबाट प्रदान गरिने सम्पुर्ण  स्वास्थ्य सम्बन्धि सुविधा लिँदा  २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यसैगरी ग्यालेक्सी क्लिनबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धी सुविधाहरूमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । 

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । 

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्