×

NMB BANK
NIC ASIA

जब क्यासिनोमा नेपाली छिरेको सूचना पुग्यो, दुई घण्टाभित्र ८ वटै क्यासिनोमा प्रहरीको छापा

जेठ २४, २०७९

NTC
Premier Steels

सोमवार राति ८ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एउटा सूचना आयो- क्यासिनोमा नेपाली प्रवेश गराइएको छ । 

Muktinath Bank

लगत्तै कार्यालयले उपत्यकामा क्यासिनो कति छन् भनेर पत्ता लगायो । त्यसपछि प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर उपत्यकामा रहेका ८ वटै क्यासिनोमा छापा हान्ने योजना बन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राति ८ बजिसकेकाले घर गइसकेका प्रहरी कर्मचारीहरूलाई पनि तत्कालै बोलाइयो । र, उपत्यकामा भएका क्यासिनोमा नेपाली खेले/नखेलेको पत्ता लगाउन खटाइयो । 


Advertisment
Nabil box
Kumari

अपरेसनका लागि खटिए वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवर, प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालालगायतका प्रहरी कर्मचारी । 

Vianet communication

काठमाडौं उपत्यकाका ८ वटै क्यासिनोमा प्रहरी पुग्यो । त्यसमध्ये २ वटा र्‍याडिसन र सांग्रिलामा रहेका क्यासिनो बन्द थिए । 

अन्य ६ वटा क्यासिनोमा पुग्दा ३ वटामा नेपाली भेटिएनन् । रातिको साढे १० नबज्दै अन्य ३ वटा क्यासिनोबाट भने प्रहरीले १२ जनालाई नियन्त्रणमा लियो । 

नियन्त्रणमा लिएका १२ जनामध्ये ४ जना अन्य देशका नागरिक विना कागजका भेटिए । उनीहरूले केही छिनमा कागजपत्र देखाएपछि प्रहरीले उनीहरूलाई छाड्यो । अन्नपूर्ण, सोल्टी र मल्ल होटलमा रहेको क्यासिनोका गरी ३ जना म्यानेजर र अन्य ५ जना नेपालीलाई भने प्रहरीले पक्राउ गरेको छ । 

‘सरकारले क्यासिनोमा नेपालीहरूलाई रोक लगाएपछि केहीले छिराएर खेलाइरहेका छन् भन्ने सूचना पाएलगत्तै हामीले एक्सन लिएर उनीहरूलाई नियन्त्रण लिएका हौँ,’ अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘हामीले क्वीक टोली परिचालन गर्‍यौँ ।’ 

सरकारले नेपाली क्यासिनोमा नेपालीलाई खेल्न रोक लगाएको छ । पछिल्लो समय क्यासिनोका म्यानेजरहरूको मिलोमतोमा नेपालीहरूलाई जुवा खेलाउने गरेको भन्दै आलोचना भइरहेको थियो । 

यस्तै सोमवार राति नै नेपालगञ्जका सात क्यासिनोमा पनि प्रहरीले छापा मारेको छ । 

नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सीटीई गेमिङ क्लब क्यासिनोबाट प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ । 

यसअघि पनि आइतवार सोही क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x