
एनएमबी बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै एनएमबी ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरूप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृति सामुदायिक वन नागार्जुनमा विभिन्न प्रकारका फलफूलका विरुवा रोपेको छ ।
सामुदायिक वनमा एनएमबीमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकको नाममा विभिन्न प्रजातिका १२५ विरुवा रोपिएका छन् ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत सरस्वती अर्याल, बैंकका कर्मचारीहरू लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । वातावरणीय संरक्षण प्रवद्र्घनका साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरूप राष्ट्रव्यापी रूपमा वृक्षरोपण गरिएको जानकारी गराइएको छ ।
योजनामार्पmत ग्राहक वर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमूलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा जारी गरेको छ ।
एनएमबी बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि पत्रिकाद्वारा ४ पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।