
क्यास आईडी ०२५६४१५३७२५ भएका डिशहोमका ग्राहकले नगद एक लाख रुपैयाँ जितेका छन्।
कम्पनीले ल्याएको १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने योजनामा ती ग्राहकले १ लाख जितेका हुन्।
कम्पनीका अनुसार हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ।
यस लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।