×

NMB BANK
NIC ASIA

विमान दुर्घटना प्रकरण

तारा एयरको विमान दुर्घटना प्रकरण : 'ब्ल्याक बक्स'बाट रिकभर भयो २० मिनेटको अडियो

जेठ २७, २०७९

NTC
Premier Steels

मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको 9N AET विमानको ककपिटमा रेकर्ड भएको अडियो रिकभर भएको छ ।

Muktinath Bank

पोखराबाट जोमसोम जाँदै गर्दा भएको विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्नका लागि गठित आयोगले ककपिटमा भएको कुराकानीलाई ब्ल्याक बक्सबाट सफलतापूर्वक रिकभर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार दुर्घटनाग्रस्त विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) मा २० मिनेटसम्म संवाद रेकर्ड भएको भेटिएको छ ।


Advertisment
Nabil box
Kumari

छानबिन आयोगले ककपिटमा भएको उक्त वार्तालापलाई डिकोड गर्न पठाएको छ । डिकोड हुनेबित्तिकै दुर्घटनाअघि विमानको ककपिटमा भएको कुराकानी सुन्न सकिनेछ ।

Vianet communication

अन्तिम अवस्थामा पाइलटहरूबीच भएको कुराकानी सुन्दा दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा जोमसोमको यात्रा करीब २० मिनेटको हो ।

छानबिन आयोगले विभिन्न कागजात संकलन गर्नेदेखि सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम समेत शुरू गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको छ ।

आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिश गर्ने कार्यादेश दिइएको छ।

यस विषयमा छानबिन गर्नका लागि समयावधि भने तोकिएको छैन, तर पनि ४ महिनासम्ममा प्रतिवेदन बुझाउने तयारी गरिएको छानबिन आयोगका एक सदस्यले बताए ।

'पहिले ३ महिनाभित्रमा प्रतिवेदन बुझाउनुपर्ने हुन्थ्यो तर अहिले समयावधि किटान गरिएको हुँदैन,' ती सदस्यले भने, 'तर पनि हामी चार महिनासम्ममा छानबिन सम्पन्न गरेर प्रतिवेदन बुझाउनेछौं ।'

जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङनजिकै सानुसरे भीरमा भएको दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

मौसमको खराबीका कारण विमान दुर्घटना भएको हुन सक्ने छानबिन आयोगको प्रारम्भिक अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x