०१ साउन २०८३, शुक्रबार

अब सातामा ६ दिन शेयर कारोबार हुने

अब सातामा ६ दिन शेयर कारोबार हुने

नेपालमा पहिलो पटक सातामा  ६ दिन शेयर कारोबार हुने भएको छ ।

असार १ गतेदेखि सातामा ६ दिन शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  

अब आइतबारदेखि बिहीबारसम्म साविकको समय ११ देखि ३ बजेसम्म र शुक्रबार भने ११ देखि १ बजेसम्म २ घन्टा मात्रै कारोबार हुने नेप्सेले जनाएको छ ।

यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमवारदेखि शुक्रबारसम्म भइरहेको छ ।

आइतवार विदा दिने निर्णय सरकारले फिर्ता लिइसकेको छ । 

यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको हो  ।  

salt training

कमेन्ट गर्नुहोस्