
नेपालमा पहिलो पटक सातामा ६ दिन शेयर कारोबार हुने भएको छ ।
असार १ गतेदेखि सातामा ६ दिन शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
अब आइतबारदेखि बिहीबारसम्म साविकको समय ११ देखि ३ बजेसम्म र शुक्रबार भने ११ देखि १ बजेसम्म २ घन्टा मात्रै कारोबार हुने नेप्सेले जनाएको छ ।
यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमवारदेखि शुक्रबारसम्म भइरहेको छ ।
आइतवार विदा दिने निर्णय सरकारले फिर्ता लिइसकेको छ ।
यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको हो ।