०१ साउन २०८३, शुक्रबार

राजधानीमा भएको दुर्घटनामा एकको मृत्यु

साउन १, २०८३
काठमाडौं
राजधानीमा भएको दुर्घटनामा एकको मृत्यु

 काठमाडौंको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गएराति करिब १२ बजे कपनस्थित भृकुटी चोक नजिक मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको हो।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत कारणबारे पनि अनुसन्धान भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्