
गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरूबाट विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ
जेठ महिना भरी चलेको वित्तीय जागरण कार्यक्रम अन्तर्गत गरिमा विकास बैंकको सबै १२० शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको थियो ।
जस अन्तर्गत, यस कार्यक्र्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाइदा, वित्तीय सल्लाहसुझाव एवं डिजिटल बैकिङ्गका फाईदाहरुको बारेमा विस्तृत चर्चा गरिएको थियो ।