०४ साउन २०८३, सोमबार

लगानीकर्ता आत्तिँदा ९ महिनामा १२३३ अंकले घट्यो शेयर बजार

लगानीकर्ता आत्तिँदा ९ महिनामा १२३३ अंकले घट्यो शेयर बजार

शेयर बजार पछिल्लो ९ महिनामा १२३३ अंकले घटेको छ । 

गत भदौ पहिलो साता करीब ३२ सय बिन्दुमा पुगेको नेप्से परिसूचक बुधवार १९६६.३७ बिन्दुमा झरेको हो । 

शेयर बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता आत्तिँदा बजार नकारात्मक गतिमा लागेको छ । 

राष्ट्र बैंकको मौद्रिक नीतिका कारण घटेको शेयर बजार फेरि आगामी वर्षको लागि नयाँ नीतिको तयारी भइरहँदा र उक्त नीतिले विगतको कमजोरी सुधार गर्न सक्ने आकलन हुँदासमेत बजारको ओरालो गति भने रोकिएको छैन ।

बुधवार शेयर बजार १.५० प्रतिशतले घटेर १९६६.३७ बिन्दुमा आइपुगेको छ । बुधवार एकैदिन बजार २९.८९ अंकले घटेको छ ।  

बुधवार २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयरको ३० हजार पटक कारोबार भएको छ । यसबाट एक खर्ब ४९ करोड रूपैयाँको कारोबार भएको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसीएल लघुवित्त छन् । यी दुवै कम्पनीको शेयर मूल्य बुधवार ९.९९ प्रतिशतले बढेको छ । 

शेयर बजार घटेका कारण सबैभन्दा बढी  गुमाउनेमा भने बलेफी हाइड्रोपावर छ । यो कम्पनीका लगानीकर्ताले एकैदिन ८.७६ प्रतिशतले गुमाएका छन् ।

यसका साथै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ८.२६ प्रतिशत, माउन्टेन हाइड्रोसहितका लगानीकर्ताले लगानीकर्ताले ५.८९ प्रतिशतसम्मले गुमाएका छन् । 

आज सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकमको १२ करोड ५७ लाख रूपैयाँको १ लाख ४६ हजार कित्ता शेयरको कारोबार भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्