३२ असार २०८३, बिहीबार

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अंकले वृद्धि भई १ हजार ९७८.९४ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अंकले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार १२ उपसमूहको शेयर उकालो लाग्यो भने लगानी उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । बैंकिङ ६.३८, व्यापार २३.५७, होटल तथा पर्यटन १२.२५, विकास बैंक २२.८, जलविद्युत् ८.५२, वित्त १४.०४, निर्जीवन बीमा ३४, उत्पादन २५.४१, अन्य ३६.६९, लघुवित्त ३९.१५, जीवन बीमा ५.०९ र सामूहिक लगानी कोष ०.१ अंकले उकालो लागेको छ । लगानी उपसमूह ०.०६ अंकले ओरालो लागेको छ ।
    
कारोबारका आधारमा बिहीवार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीले १३ करोड ८८ लाख ९७ हजार १५१ बराबरको कारोबार गर्‍यो । एनसीसी बैंक १० करोड ३५ लाख ४ हजार ७१५, सिभिल बैंक ४ करोड ७१ लाख १९ हजार ७८५, एनआईसी एशिया बैंक ३ करोड ५७ लाख २३ हजार ३८३ र नबिल बैंक २ करोड ५० लाख ४६ हजार ३५२ बराबरको कारोबार भई शीर्ष ५ स्थानमा रहेका छन् । 

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रिभर फल्स पावर ९.९७, सामुदायिक लघुवित्त ९.९६, कालिका लघुवित्त ७.६९ र एनसीसी बैंकका लगानीकर्ताले ६.६५ प्रतिशतले कमाए । लुम्बिनी जनरल इन्स्योरेन्स ३.८०, राष्ट्र उत्थान लघुवित्त ३.४१, माउन्टेन इनर्जी नेपाल २.७२, कुमारी इक्विटी फण्ड २.१९ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ता २.०६ प्रतिशतले ओरालो लागे ।

salt training

कमेन्ट गर्नुहोस्