०२ साउन २०८३, शनिबार

नबिल एसएसईलाई इनेब्लर्स अफ सोसल इन्टरप्रेनरशीप अवार्ड

नबिल एसएसईलाई इनेब्लर्स अफ सोसल इन्टरप्रेनरशीप अवार्ड

नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबर्द्धन गर्न शुरू गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले इनेब्लर्स अफ सोसल इन्टरप्रेनरशीप अवार्ड प्राप्त गरेको छ । 

नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआईएफ नेपालले यो अवार्ड प्रदान गरेको हो । 

सीएनआईएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । 

२०७८ साल चैत ७ गतेदेखि शुरू गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ । 

फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला,खाद्यन्न, कपडा उत्पादन, कफी शप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन  दिन आवासीय सिकाइ  र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम  ६ महिनासम्म चल्छ ।

बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर  व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर्स अफ सोसल इन्टरप्रेनरशीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।  

सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरुलाई उद्यमशिलता प्रबर्धन गर्न आयोजना गरिएकोे थियो ।

यस कार्यक्रममा नेपालमा उद्यमशिलता बिकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तब्यहरु प्रस्तुत गरिएको थियो । 

उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैंया लगानी प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि, मन्त्री दिलेन्द्र प्रसाद बडु लगायतको उपस्थिती थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्