०१ साउन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकको नयाँ शाखा धादिङको सिम्लेमा

माछापुच्छ्रे बैंकको नयाँ शाखा धादिङको सिम्लेमा

माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो ।

१६५ औं उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य  एवम्  माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सर्जु कुमार थापाले संयुक्त रुपमा  उद्घाटन  गरेका थिए । 

उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिति रहेको थियो । 

धादिङ जिल्लामा  खोलिएको नयाँ शाखासँगै यस  जिल्लामा मात्रै बैंकका  ४ वटा शाखा सञ्चालनमा रहेका छन्  ।

 

salt training

कमेन्ट गर्नुहोस्