×

NMB BANK
NIC ASIA

समृद्ध पालिका बनाउन श्रमअभिायन

असार १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हातमा औजार बोकेका व्यक्ति लर्को लागेर एकाएक सडक छेउछाउमा भएको झाडी नष्ट गर्न थाल्छन् । पक्की सडकको दायाँबायाँ सडक नै ढाकिने गरी झाडी फैलिएको  छ । शनिबार यही झाडी सफा गर्दै र फाँडेका झाडीको व्यवस्थापनमा तल्लीन देखिन्थे प्रेमबहादुर भुजेल र जितेन्द्रमान तामाङ । सडक प्रयोगकर्ताका लागि घुम्ती र सिधा देखिने सडकखण्डमा पनि आवतजावत गर्न बाधा पु¥याएको झाडी सफा गरेपछि अहिले सहज देखिएको छ ।

Muktinath Bank

यो दृश्य हो काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका डुम्रे–घट्टेखोला सडकखण्डको । जहाँ गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङको नेतृत्वमा पालिकाको सार्वजनिकस्थलको सरसफाइमा जुटेको टोलीले थालेको ‘समृद्ध भुम्लु निर्माणको लागि महिनाको एक दिन श्रम अभियान’को पहिलो काम हो । जहाँ गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यअनुरुप पालिकाका जनप्रतिनिधि, नागरिक र सङ्घसंस्थाको सहभागितामा सो कार्यको थालनी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनप्रतिनिधिको नेतृत्वमा सबै पक्षको सहभागितामा भएको अभियानले गाउँको मुहार फेर्नेमा विश्वस्त बनेको स्थानीय बासिन्दा बताउँछन् । सबै आफ्नो पालिकालाई समृद्ध बनाउने जिम्मा त्यहीका नागरिकको भएकाले हरेक महिनाको एक दिन सार्वजनिकस्थलको संरक्षण, सरसफाइ तथा निर्माणको काममा लाग्ने गाउँपालिकाले नीति लिएपछि त्यहीअनुसार शनिबारबाट महिनाको एक दिन श्रमअभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भुजेलले बताए ।


Advertisment
Nabil box
Kumari

“आज हामीले बृहत् भुम्लु निर्माणको पहिलो श्रम अभियान थालनी गरेको छौँ”, उनले भने, “पहिलो दिन भएकाले सबै नागरिकले सूचना पाउनुभएको छैन, अबका दिनमा आमनागरिक, जनप्रतिनिधि, पार्टीपङ्क्ति र सङ्घसंस्थाको प्रत्यक्ष सहभागितामा यो अभियान अगाडि बढ्नेछ ।” 

Vianet communication
Laxmi Bank

गाउँपालिका निर्माणका लागि अबका दिनमा सबै मिलेर महिनाको एक दिन सार्वजनिकस्थल पाटी, पौवा, सडक सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताए । अभियानमा सबै पक्षलाई परिचालन गरेर समृद्ध भुम्लु गाउँपालिका निर्माण अभियानमा जुट्ने कामको सुुरुआत भएको उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष  तामाङले यसरी सञ्चालन गरेको अभियानले भुम्लुको मुहार फेर्ने आशा व्यक्त गरे । 

सो क्रममा दोलालघाटबाट घट्टेखोला हुँदै डुम्रे–सल्ले जोड्ने सडकखण्डअन्तर्गत डुम्रेबाट घट्टेखोलासम्मको दायाँबायाँ छेउछाउमा रहेका झाडीको सरसफाइ गरेको छ । श्रम अभियान कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, विभिन्न सङ्घसंस्था, नागरिक समाज र राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x