×

NMB BANK
NIC ASIA

रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

असार १९, २०७९

NTC
Premier Steels

 रुपन्देहीको बुटवललगायत आसपासका क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा चोरीका ९ वटा मोटरसाइकलसहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी ठगबहादुर केसीले जानकारी दिए । 

Muktinath Bank

पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ का १८ वर्षीय क्यानोन क्षत्री, १९ वर्षीय करण बस्नेत, १८ वर्षीय बरुण कुमाल, १८ वर्षीय आनन्द परियार, १८ वर्षीय नसिम धुनिया, १८ वर्षीय आरएनसिंह ठकुरी, १९ वर्षीय ओसिम पठान रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै सोही ठाउँकै १८ वर्षीय शिवम् यादव, १८ वर्षीय लक्ष्मण बिष्ट, गढवा गाउँपालिका–५ का ४४ वर्षीय गोपाल चौधरी, लमही नगरपालिका ३ का २५ वर्षीय घनश्याम चौधरी र राप्ती गाउँपालिका–८ का ३० वर्षीय सुवास चौधरी रहेका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि सवारी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।  बुटवलमा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष अप्रेशन टोली परिचालन गरेर गिरोह नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x