×

NIC ASIA

विश्व कार्टुनिस्ट दिवस मनाइयो

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

 कार्टुनिस्ट क्लब नेपालले  ‘विश्व कार्टुनिस्ट दिवस’ मनाएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा  पूर्व मन्त्री एवं पुराना कार्टुनिस्ट रमेशनाथ पाण्डेले छोटो समयमै नै पढ्न, बुझ्न र हाँस्ने सकिने कार्टुन विधा पहिला पहिला तयार गर्न गाह्रो भए पनि आज भोलि समय र परिस्थिति जटिल भएको बताए । 

Muktinath Bank

उनले पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकोले कार्टुनिस्टहरुको पनि विशेष दायित्व र महत्त्व हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको शारदा–गोविन्दमान ब्यङ्ग्यचित्र प्रतिभा पुरस्कार २०८१ हिमालयन टाइम्सका महेश बस्ताकोटीलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । 


Advertisment
Nabil box
Kumari

पुरस्कारबारे बोल्दै अविन श्रेष्ठले तीन दशक भन्दा बढी कार्टुन बनाइ सकेपछि आफ्नो मात्रै प्रगति भन्दा पनि नयाँ प्रतिभालाई हौसला प्रदान गर्न एउटा कार्टुनिस्टले अर्को कार्टुनिस्टलाई कार्टुनकै बारेमा पुरस्कार दिन उचित हुने भएकाले नयाँ पुरस्कार प्रदान गरेको बताए । 

Vianet communication

उक्त कार्यक्रममा क्लबका अध्यक्ष बासु क्षितिजले पुरस्कारको छनौट प्रक्रियाबारे प्रस्ट पर्दै अग्रजहरूलाई धन्यवाद सहित सम्पूर्णमा कार्टुनिस्ट दिवसको शुभकामना दिए । कार्यक्रममा कार्टुनिस्ट राजेश केसीले नेपाली कार्टुनको इतिहासमा अविन श्रेष्ठको योगदान अतुलनीय रहेको र यो पुरस्कार स्थापनाले उनको योगदान अझै बढेको बताए । 

उक्त कार्यक्रममा ललितकलाका कुलपति नारदममणि हार्तम्छालीले भविष्यमा कार्टुनिस्ट दिवस मनाउनेबारे क्लबसंग छलफल गरेर अगाडि बढ्ने बताए । यस्तै कार्यक्रममा रवि मिश्रलगायतको पनि सहभागिता रहेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x