×

NMB BANK
NIC ASIA

निक्षेपमा सुधार

बैंकहरूमा २ दिनमै थपियाे २५ अर्ब निक्षेप, तरलता संकट टर्न लागेको हो ?

असार २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो २ दिनमै बैंकिङ प्रणालीमा २५ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । असार मसान्तको सीमा नजिकिँदै गएको र सरकारको खर्च बढेसँगै बैंकिङ प्रणालीमा आउने निक्षेपमा पनि सुधार आउने संकेत देखिएको छ ।

Muktinath Bank

आइतवार र सोमवार मात्र बैंकिङ प्रणालीमा २५ अर्ब ४४ करोड रूपैयाँ थपिएको छ । आइतवार मात्रै १४ अर्ब र सोमवार ९ अर्ब रूपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आइतवारसम्ममा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (अधिक तरलता) भने १७ अर्ब ४८ करोड रूपैयाँ छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूमा सोमवारसम्ममा कूल निक्षेप संकलन ५० खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ । यस्तो रकम आइतवार ५० खर्ब २० अर्ब रूपैयाँ थियो ।


Advertisment
Nabil box
Kumari

शुक्रवारदेखि बढ्न थालेको निक्षेपको रकम दुई दिनमा उल्लेख्य मात्रामा बढेको छ । शुक्रबार एकै दिन बैंकहरूमा १४ अर्ब ४८ रूपैयाँ रूपैयाँ निक्षेपका रूपमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
महालेखा नियन्त्रकको तथ्यांक अनुसार १९ असारसम्मको सरकारको खर्च ७० प्रतिशत पुगेको छ । सरकारले यो अवधिसम्ममा १६ खर्ब ३२ अर्बको बजेटबाट ११ खर्ब ४४ अर्ब रूपैयाँ खर्च गरेको छ । यो अवधिसम्ममा विकास खर्च भने ४१ प्रतिशत पुगेको छ । 

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार शुक्रबारसम्ममा बैैंकिङ प्रणालीमा ५० खर्ब ४ करोड रूपैयाँ निक्षेप संकलन भएको थियो । चालू आर्थिक वर्ष लागेदेखि नै तरलता अभाव भोगेका बैंकहरूका लागि एकैदिन १०÷१५ अर्ब रूपैयाँ निक्षेप थपिनु सकारात्मक पक्ष भएको पोखरेलको भनाइ छ ।

पोखरेलेले भने ‘पछिल्लो एक साताको निक्षेपको तथ्यांकले अब बैंकमा पैसा आउन थाल्यो र तरलता अभावलाई कम गर्छ भनेर अनुमान लगाउन पाइयो ।’ तर, दुई दिनको तथ्यांकलाई मात्रै आधार मानेर महिनाभर आउने निक्षेपमा सुधार भइसक्यो र अब ह्वारह्वारर्ती पैसा आएर तरलता अभाव हट्छ भनेर अहिले नै भनिहाल्न भने हतार हुने पोखरेलको भनाइ छ ।

बैंकहरूमा बुधवार २ अर्ब र बिहीवार भने ५ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा कर्जा लगानी भने निक्षेपको तुलनामा कम भएको छ । आइतवारको तुलनामा सोमवार भने बैंकहरूको कर्जा २ अर्ब रूपैयाँले घटेको छ ।

अहिले बैंकहरूलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मिलाउने चटारो छ । बैंकहरूले असार मसान्तसम्म सीडी रेसियो मिलाउनु पर्ने हुन्छ । बैंकहरूले यो बेला कर्जा लगानी गर्न भन्दा पनि ब्यालेन्स सिट मेन्टेन गर्नमै ध्यान दिने गरेका छन् । 

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बैंकहरूलाई अहिले किसानलाई झै असारे चटारो भएको बताए । उनले भने, ‘अहिले ब्यालेन्स सिट मिलाउने, नियामकीय निकायको निर्देशन पालना गर्ने, तोकिएको सीमाभित्र कर्जा निक्षेप कायम गर्ने, खराब कर्जा घटाउनेसहितको चटारो छ ।’

बैंकहरूलाई एक वर्षको हिसाब–किताब हेर्नुपर्ने र तोकिएको सीमा कायम गर्दै व्यवसाय गर्नुेपर्ने हुन्छ । त्यसो हुँदा अहिले सबै बैंकले आफ्नो ब्यालेन्स सिट कसरी राम्रोसँग मेन्टेन गर्ने भन्नेमा चिन्ता लिने र यो सामान्य विषय पनि भएको उपाध्यायको बुझाइ छ ।

१० बैैंकलाई सीडी रेसियो व्यवस्थापनमा चुनौती

असार मसान्तको समयसीमा नजिकिँदै जाँदा १० वटा बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी) रेसियो मेन्टन गर्न चुनौती भएको छ । २१ असारसम्ममा यी बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । सबैभन्दा बढी सीडी रेसियो राखिरहनेमा नेपाल बंगलादेश बैंकको ९५.७९ रहेको छ । यो बैैंक नबिलसँग गाभिएको छ ।

२७ असारबाट नेपाल बंगलादेश र नबिलले एकीकृत कारोबार गर्ने भएका छन् । त्यसो हुँदा पनि दुवै बैंकको सीडी रेसियो सीमाभन्दा बढी भएकोले मिलाउन भने चुनौतिपूण नै हुने देखिन्छ ।

सीडी रेसियो मिलाउनुर्ने दबाबमा नबिल, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू, एनसीसी, कुमारी, सिद्धार्थ, ग्लोबल आइएमई, प्राइम, सनराइज र सेन्चुरी बैैंक छन् । यी बैंकले राष्ट्र बैंकको नियमानुसार असार मसान्तभित्रै ९० प्रतिशतभन्दा कम सीडी रेसियो कायम गर्नुपर्छ । उक्त समयभित्र सीडी रेसियो मेन्टन गर्नुपर्ने समयसीमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले दिएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ८५ प्रतिशत राखे हुने व्यवस्थालाई खारेज गरेको छ । ९० प्रतिशतको सीडी गणना गर्ने व्यवस्थाले बैंकहरूको ऋण प्रवाहको सीमा बढाउन र कोरोना महामारीपछिको अर्थतन्त्र पुनस्थापनमा सहयोगी बनाएको राष्ट्र बैंकको तर्क छ । यस्तो सीमा असारभित्र कायम नगर्नेको हकमा राष्ट्र बैंकले कारबाही गर्न सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x