०२ साउन २०८३, शनिबार

नेपालमा हिन्दूराष्ट्र स्थापित गर्छौं : कमल थापा

नेपालमा हिन्दूराष्ट्र स्थापित गर्छौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दूराष्ट्र स्थापित हुने दाबी गरेका छन् ।

पार्टी जनवर्गीय संगठन पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताए ।

हिन्दूराष्ट्रको वकालत गर्ने पार्र्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले आगामी दिनमा सम्वद्र्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्ति बन्ने जिकिर गरे ।

अध्यक्ष थापाले सम्वद्र्धनवाद र हिन्दूत्वको मुद्दालाई अगाडि बढाएको राप्रपा नेपालले धर्म परिवर्तन, बेरोजगारी समस्या, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी देश विकासमा भूमिका निर्वाह गर्ने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्