
नेपाल मानव धर्म सेवा समितिले २०९औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ ।
शनिवार काठमाण्डौंमा आयोजना गरिएको प्रतियोगितामा वेद विद्याश्रमका उत्सव ढुंगाना प्रथम भएका छन् ।
नाइटिंगल स्कुलकी निहारिका खड्गी दोस्रो, एम्बिसन ऐकेडेमीकी प्रविज्ञा नेपालले तेस्रो भए । पाठशाला फाउण्डेशनकी प्रार्थना सुनार सान्त्वना भइन् ।
कविता प्रतियोगितामा उपत्यकाभित्रका २४ वटा विद्यालयका विद्यार्थीहरू सहभागी थिए ।

नेपाली साहित्यको जगेर्ना गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको समितिका सचिव किशोर भट्टराईले जानकारी दिए ।
विदेशमा नेपाली साहित्यले अरू थुप्रै साहित्यसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली साहित्यको निकै महत्त्व भएको तर नेपालमा भने नेपाली साहित्यको विकासमा खासै काम गर्न नसकेकोमा उनले जोड थियो । त्यसैले नेपाली साहित्य जोगाउन सबैलाई लाग्न आग्रह गरेका छन् ।
निर्णायक मण्डल अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष धनेन्द्र ओझा, साहित्यकार निर्मल भट्टराई तथा नेपाल मानव धर्म सेवा समिति, बागमती क्षेत्र आश्रमका अध्यक्ष प्रजापती खनाल थिए ।