०४ साउन २०८३, सोमबार

कोरोना संक्रमितको संख्या उकालो लाग्दै, एकैदिन २६० जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या उकालो लाग्दै, एकैदिन २६० जनामा संक्रमण पुष्टि

कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना भाइरस संक्रमित थप भएका छन् । 

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये २६० जनामा संक्रमण पुष्टि हो । 

जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यससँगै कूल सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये १ हजार १४८ जना होम आइसोलेसन,  २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्