
नमस्ते पेले आफ्ना ग्राहकहरूका लागि आन्तरिक उडान टिकट सेवा शुरू गरेको छ ।
यो सेवा अब एन्ड्रोइड मोबाइल फोनमा उपलब्ध रहेको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले जनाएको छ ।
यो सुविधा छिट्टै आईओएस प्रयोगकर्ताले पनि प्रयोग गर्न पाइने कम्पनीको भनाइ छ ।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन्।
साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ, जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु 300 को फ्ल्याट क्यासब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु 150 को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउने कम्पनीले जनाएको छ ।