×

NMB BANK
NIC ASIA

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

साउन २, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । 

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि बढाउने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको अन्तिम फैसलापछि निर्माण प्रक्रिया अघि बढाउन विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउने गरी अघि बढिने मन्त्रालयले जनाएको छ । विमानस्थल निर्माण अघि बढाउनका लागि प्राधिकरणको बोर्ड बैठकले विज्ञ समिति गठन गर्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

पर्यटन मन्त्रालयले केही दिनभित्रै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर विभिन्न विज्ञहरूको समितिलाई पूर्णता दिइने र समितिको प्रतिवेदनका आधारमा विमानस्थल निर्माण अघि बढाइने मन्त्रालयले जनाएको छ ।

Vianet communication

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमवारको बैठकमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै विज्ञहरूबाट थप अध्ययन गरी कमभन्दा कम वातावरणीय क्षति हुने गरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताए । उनले भने, ‘निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य आयोजना हो । यो देशको अर्थतन्त्रमा ‘गेमचेन्जर’ परियोजना भएकाले मन्त्रालयले उच्च प्राथमिकता दिएर सर्वोच्चको फैसलाअनुरूप निर्माण प्रक्रिया अघि बढाएका हौं । फैसलाको विज्ञहरूबाट थप अध्ययन गराई आवश्यक निर्णय लिन्छौं ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणमा १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्राधिकरणले परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटी सम्बन्धी सिफारिस समितिले आवश्यक काम गरिरहेको छ ।

हालसम्म निजगढ विमानस्थलको नाममा ८ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिनुका साथै परियोजनाका लागि प्राधिकरणले ३ अर्ब खर्च गरिसकेको छ । परियोजनासँग जाोडिएको द्रूत मार्गमा सरकारले २ खर्ब लगानी गरिसकेको छ ।
 
समितिका सभापति पवित्रा निरौला खरेलले नेपालको विकास र आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्ररूपमा अघि बढाइनुपर्ने बताए । उनले विगत २७ वर्षदेखि चर्चामा रहेको र धेरै विज्ञहरूले उपयुक्त ठहर्‍याएको निजगढ विमानस्थल निर्माणका लागि सर्वोच्चको पूर्ण फैसलालाई आत्मसाथ गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गरी समितिले आवश्यक निर्णय लिने जानकारी दिए ।

हालै प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरूले निजगढ विमानस्थलको स्थलगत अवलोकन गरी विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन र २ लेनको धावनमार्गसहितको अत्याधुनिक विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

निजगढ विमानस्थलको कार्य प्रगति र आगामी योजनाबारे संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमवार पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकसँग निजगढ विमानस्थलको अवस्था र अबको कार्यदिशाबारे जानकारी लिएको हो । बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माणका लागि सर्वोच्च अदालतले बाटो खोलिदिएको भन्दै मन्त्रालय र मातहत निकायले अलमल नगरिकन निर्माण प्रक्रिया अघि बढाइनुपर्ने धारणा राखे । उनले हालै प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री लगायत नेताहरूले निजगढ विमानस्थलको अवलोकन गरी स्थानीय सरकार र सरोकारवालासँग छलफल गरेको तथा प्रधानमन्त्रीले २ लेन सहितको विमानस्थल बनाउन निर्देशन दिइसकेकाले आयोजना अघि बढाउन बिलम्ब गर्न नहुने उल्लेख गरे ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सर्वोच्च अदालतको अन्तिम फैसलाले निजगढ विमानस्थल निर्माणको हालसम्मको प्रक्रिया बदर गरेको र विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउन सन्देश दिएको जानकारी दिए । उनका अनुसार अदालतको आदेशअनुरूप प्राधिकरण बोर्ड बैठकले विज्ञ समिति गठन गर्ने निर्णय गरिसकेको छ । 

समितिमा रहने विज्ञहरूको नाम केही दिनभित्रै मन्त्रिपरिषद्मा पेश गरी समितिलाई पूर्णता दिइनेछ । समितिको अध्ययन प्रतिवेदनका आधारमा विमानस्थलको आगामी रणनीति तयार गरिने महानिर्देशक अधिकारीको भनाइ छ ।

सो अवसरमा समितिका सभापति निरौलाले समितिले यसअघि गरेका निर्यण कार्यान्वयनका लागि पर्यटनमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उनले निजगढ विमानस्थल सम्बन्धमा समिति गठनभएपश्चात ५ पर्यटन मन्त्रीले नेतृत्व गरेर विमानस्थल बनाउने प्रतिबद्धता जनाएको तथा समितिले २ वटा उपसमिति बनाएर स्थलगत अवलोकन गरेर प्रतिवेदन मन्त्रालयलाई बुझाएको जानकारी गराए ।

सांसदहरू भीमबहादुर रावल, सुरेन्द्रकुमार कार्की, देवप्रकाश तिमल्सिना, चाँदताराकुमारी, पुष्पाकुमारी कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मोहन बानियाँ र रेनुका गुरुङले सबै हिसाबले उपयुक्त निजगढमा अत्याधुनिक सुविधायुक्त विमानस्थल निर्माण प्रक्रिया चाँडो अघि बढाइनुपर्नेमा जोड दिए । – सिबी अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x