०४ साउन २०८३, सोमबार

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार पनि उच्च अंकले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतवार नेप्से परिसूचक ५४.५८ अंकले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अंकले ओरालो लागेर ४१९.२० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर रु चार अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतवार वित्त क्षेत्रको शेयर मूल्यमा ३१.९३ अंकले गिरावट भयो । बाँकी १२ उपसमूहको शेयर मूल्य भने उकालो लाग्यो । नेप्सेका अनुसार बैंकिङ ४०.६२, व्यापार ७५.२८, होटल तथा पर्यटन ८०.१९, विकास बैंक ३१.५७, जलविद्युत् २०.४३, निर्जीवन बीमा ३७४.०८, उत्पादन ९८.४३, अन्य ५२.७७, लघुवित्त ५४.२६, जीवन बीमा ४१२.८९, सामूहिक लगानी कोष ०.११ र लगानी ३.३७ अंकले उकालो लागेको छ । 

आइतवारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ३४ अर्ब ४७ करोड आठ लाख ९९ हजार ७७२ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड ३४ लाख १६ हजार ८६० बराबरको कारोबार भयो । 

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २३ लाख २० हजार ४८५, एशियन लाइफ इन्स्योरेन्स रु ११ करोड ५४ लाख ७४ हजार ५००, हिमालयन डिस्टिलरी रु १० करोड ३७ लाख ७३ हजार ४०२ र नेशनल हाइड्रोपावर कम्पनी रु नौ करोड ७९ लाख १३ हजार २४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आइतवार कारोबारका विभिन्न आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मर्दी आरबी आइड्रोपावर, स्वाभिमान लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनी छन् । 

त्यस्तै, गुडबिल फाइनान्सको ऋणपत्र ३.९४, नेशनल हाइड्रोपावर ३.३०, मल्टिप्रपोज फाइनान्स कम्पनी ३.१२, नबिल ब्यालेन्स फण्ड ३.०३ र सिन्धु विकास बैंकका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाएका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्