
प्रकाश मानवअधिकार पुरस्कार, २०७८ राजुराम भूललाई प्रदान गरिएको छ । २८ औँ प्रकाश स्मृति दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको २८ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहमा भूललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
दासताको एक स्वरूपमा कायम रहेको हलिया प्रथा, जातीय विभेद, मानव अधिकार, सामाजिक न्याय, भेदभाव, असमानता तथा समाजमा व्याप्त अनेक कुरीति विरुद्ध अभियान सञ्चालन गरेको भन्दै भुललाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।