
सनराइज बैंकले नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ ।
सोमवार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेस मान सिं प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन् ।
सनराइज बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपालपे क्यूआर मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
साथै, सनराइज बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका वा लिन चाहने व्यवसायीहरूले नेपालपे क्यूआर स्ट्याण्डी प्राप्त गर्न पनि सक्ने बैंकले जनाएको छ ।