×

प्रतिनिधि सभा निर्वाचन

कमल थापाले ताकेको क्षेत्रको चुनावी चर्चा– इन्द्र बानियाँको ‘इन्ट्री’ले बदल्ला नतिजा ?

भदौ १, २०७९

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । जिल्ला, नगर र गाउँमा चुनावी माहोल तातेको छ ।

Laxmi Bank

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ५ दलले गठबन्धन गरेरै निर्वाचनमा होमिने सहमति गरिसकेका छन् । गठबन्धनमा सहभागी दलहरू सिट बाडँफाँडका लागि बैठक बसिरहँदा नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल गठबन्धन गरेर जाने वा एक्लाएक्लै निर्वाचनमा होमिने भन्नेमा टुंगोमा पुगिसकेका छैनन् । 


Advertisment

यसबीच मकवानपुरमा पनि चुनावी सरगर्मी बढेको छ । नेताहरू निर्वाचनका लागि आ–आफ्नो लबिङ गर्दै शीर्ष नेताहरूलाई भेट्न व्यस्त छन् भने अर्कोतर्फ चोकका साना चिया पसलदेखि चिया चौतारासम्ममा अब कुन पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने चर्चा शुरू भएको पाइन्छ ।


Advertisment

बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा प्रदेशकै एक मात्र हेटौंडा उपमहानगरपालिकासहित १० स्थानीय तह छन् भने २ वटा निर्वाचन क्षेत्र छन् ।  दुवै क्षेत्रमा शीर्ष नेताहरूको दबदबा रहँदै आएको पाइन्छ ।

२०७४ सालअघिसम्म अधिकांश क्षेत्रमा लगातार विजयी हुँदै नेकपा एमालेले लालाकिल्लाको रूपमा स्थापित गरेको थियो । २०७४ सालको स्थानीय निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भए पनि लामो समयसम्म टिक्न नसक्दा र एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल गठन हुँदा त्यसको असर मकवानपुरमा समेत पर्ने देखिन्छ । 

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा लामो समयदेखिको एमालेको लालकिल्ला तोडेको सत्तारुढ गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेको लालकिल्ला भत्काउने रणनीति लिइरहँदा एमाले भने प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ सिट जित्ने रणनीतिका साथ चुनावी मैदानमा होमिने तयारी गरिरहेको छ । 

१ नम्बर क्षेत्रमा ‘हेभी वेट’ प्रतिस्पर्धा

प्रतिनिधि सभाका २ क्षेत्र रहेको मकवानपुरको १ नम्बर क्षेत्रमा सबैको चासो छ । हेटौंडा उपमहानगरपालिकाका १५ वडासहित बागमती गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडा रहेका छन् ।

यसपटक निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख रघुनाथ खुलाल उम्मेदवार बन्ने चर्चा छ । एमालेबाट रघु खुलाललाई प्रदेशको टिकट दिएर कृष्णप्रसाद दाहाललाई पुनः प्रतिनिधिसभा उम्मेदवार बनाउने सम्भावना पनि उत्तिकै रहेको एमालेका एक नेताले बताए ।

गत निर्वाचनमा एमालेको तर्फबाट प्रतिनिधिसभा सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राप्रपाका कमल थापालाई पराजित गरेका थिए । गत निर्वाचनमा राप्रपाका कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गर्दा एमालेका कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत ल्याएका थिए ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादीको गठबन्धनले कांग्रेस र राप्रपाका गठबन्धनलाई पराजित गरेको क्षेत्रमा यसपटक राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहबीच ‘हेभी वेट’ प्रतिस्पर्धा हुने देखिएको छ । 

हालको सत्ता गठबन्धन कायम रहेको अवस्थामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन बानियाँलाई हुने देखिएको छ । बहुदल स्थापनापछि प्रतिनिधि सभाको निर्वाचनमा हालसम्म नेकपा एमाले हाबी हुँदै आएको क्षेत्रमा २०५१ सालमा राप्रपा, २०६४ सालको पहिलो संविधान सभामा माओवादी, २०७० सालको दोस्रो संविधान सभामा नेपाली कांग्रेस विजयी भएको थियो भने २०७४ सालमा पुनः एमालेले ‘कम ब्याक’ गरेको थियो । अर्थात् एमाले २०४८, २०५६ तथा २०७४ सालमा विजयी भएको थियो । एमालेबाट तीनैपटक कृष्णप्रसाद दाहाल विजयी भएका छन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेस र राप्रपाको गठबन्धन हुँदा प्रतिनिधि सभा सिट राप्रपा अध्यक्ष कमल थापालाई छाडेर बानियाँ प्रदेशसभा चुनाव लडेका थिए । 

दीपक सिंह ‘फ्याक्टर’ 

गृहजिल्लामा कमजोर हुँदै गएका कमल थापाको राजनीतिक यात्रा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झनै सकसपूर्ण हुने आकलन गर्न थालिएको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गरेका थापाको पहिलो भिडन्त नै लामो राजनीतिक सहयात्रा गरेका दिपक सिंहसँग प्रतिनिधिसभा निर्वाचनमा हुने भएको छ । २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना भएपछि पार्टीमा सँगै रहेका थापा र दिपक सिंहबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

सिंहले यसअघि भएको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुरको २ नम्बर क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा भाग लिए तापनि एमालेका नेता अन्नत पौडेलसँग पराजित भएका थिए, गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि पराजित भएका थिए । उता कमल थापा मकवानपुरमा २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा १ नम्बर क्षेत्रबाट विजयी भएका थिए भने अन्य निर्वाचनमा पराजित हुँदै आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बलियो रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ भने कमल थापाको राप्रपा नेपाल कमजोर देखिएको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपालको चुनावी तालमेल भएको खण्डमा मकवानपुरको २ नम्बर क्षेत्रमा कमल थापा र १ नम्बरमा दिपक सिंहले प्रतिनिधि सभामा उम्मेदवारी दिएमा राम्रो मतपरिणाम प्राप्त गर्नसक्ने चर्चाबीच कमल थापाले १ नम्बर क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेसँगै त्यो सम्भावना पनि सकिएको छ । 

स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर उम्मेदवारका रूपमा ल्याएको सम्मानजनक मतले सिंहको मनोबल बलियो बनाएको छ । दुई राप्रपा किचलोमा फस्दा एमालेसँगको गठबन्धन टरेर कृष्णप्रसाद दाहाल नै उम्मेदवार बन्ने सम्भावना पनि छ ।

यस्तो अवस्थामा कमल थापा र कृष्णप्रसाद दाहालको फेरि प्रतिस्पर्धा हुनसक्छ । दाहालले २०४८, २०५६ र २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन जितेर ह्याट्रिक गरिसकेका छन् भने थापा २०५१ सालको निर्वाचनमा मात्र निर्वाचित भएका छन् । त्यसैले अबको निर्वाचनमा कसले बाजी मार्ला ? आम चासोको विषय बन्ने गरेको छ । 

एमालेलाई गठबन्धनको त्रास

२०७४ सालको स्थानीय निर्वाचनमा  नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनलाई तोड्दै मकवानपुरका अधिकांश स्थानीय तहमा एमालेले जीत हात पार्‍यो । त्यसलगत्तै भएको प्रतिनिधिसभा निर्वाचनमा माओवादी र एमालेको एकताको सन्देश दिन भन्दै निर्वाचनमा होमिँदा पनि मकवानपुरमा त्यसले राम्रै प्रभाव पार्‍यो ।

नेपाली कांग्रेस र राप्रपाको गठबन्धनलाई  समेत पराजित गर्दै मकवानपुरमा २ वटै प्रतिनिधिसभा क्षेत्रमा एमाले निर्वाचित भयो । तर हाल एमाले पार्टी विभाजनको असर वैशाख ३० गतेको निर्वाचनमा देखिएको छ । एमाले मकवानपुरको १ मात्र गाउँपालिकाको प्रमुखमा विजय भएको छ भने अधिकांश पालिकामा पराजित हुनुपर्‍यो ।

निर्वाचनमा  नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलहरू गठबन्धन गरेर निर्वाचनमा होमिँदा नराम्ररी हार व्यहोरेको एमालेलाई सत्तारुढ गठबन्धन दलहरूले मिलेरै प्रतिनिधि सभा निर्वाचनमा होमिने निर्णय गरेसँगै पराजित हुने हो कि भन्ने त्रास देखिएको छ ।

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मिच्ने र मिचिनेहरू

मिच्ने र मिचिनेहरू

असोज ५, २०८१

नेपालीमा एउटा भनाइ छ– ‘सानालाई ऐन ठूलालाई चैन ।’ झट्ट हेर्दा, पढ्दा र सुन्दा यसमा खासै त्यस्तो केही छजस्तो लाग्दैन तर, वास्तविकता त्यस्तो छैन, होइन । अपितु यसले त्यस्तो सङ्केत गरेको छ, जसले प्रा...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

x