×

NMB BANK
NIC ASIA

भारतले कमला नदीमा तटबन्ध बनाएपछि नेपालतर्फका बस्ती सुरक्षित

भदौ २, २०७९

NTC
Premier Steels

कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवा बजार तथा मल्हनियाँलगायतका बस्ती सुरक्षित भएको हो । 

Muktinath Bank

नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघिनै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दै आएको थियो । तर, यसवर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको इनरुवा बजार, मल्हनियाँलगायतका बस्ती र जयनगर–कुर्था रेल्वे मार्गसमेत सुरक्षित भएको स्थानीयवासी मनोज यादवले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाली भूमिमा बाँध निर्माण भए पनि करिब छ सय मिटर भारतीय भूमिमा बाँध निर्माण हुन नसक्दा हाम्रो इनरुवा बजार असुरक्षित थियो, बर्सेनि वर्षायाममा कमलाको बाढी बजारमा पुग्दा ठूलो कष्ट भोग्न बाध्य थियौँ’, उनले भने, ‘तर अब भारतीय पक्षले आफ्नो भूमिमा बाँध बनाएपछि पूर्णरुपले हामी सुरक्षित भएका छौँ ।’ बाँध निर्माणपछि भारतीय बजार जयनगरसम्म पुग्नसमेत सहज भएको छ ।  


Advertisment
Nabil box
Kumari

नेपाली पक्षको दबाब र प्रयासमा भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध बनाएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले बताए । ‘हामीले भारतीय पक्षलाई ठाउँमा तटबन्ध बनाउन आग्रह गर्दैआएका थियौँ’, उनले भने । उक्त ठाउँमा तटबन्ध नहुँदा नेपाली बस्ती मात्रै डुबानको चपेटामा थियो ।  

Vianet communication

भारतीय पक्षले बनाएको तटबन्धका कारण नेपाली भूमि मात्र सुरक्षित भएको छैन, यातायात सञ्चालन गर्नसमेत सहज भएको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्गको पोर्ताहादेखि भारतीय सीमावर्ती क्षेत्रसम्म करिब ३५ किलोमिटरको सो तटबन्धबाट दैनिक सयौँको संख्यामा दुई पांग्रे र चार पांग्रे सवारी साधन भारतीय बजारबाट ओहोरदोहोर गरिरहेका छन् ।  

यस्तै कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् । 

तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको विभिन्न वडाका गाउँ सुरक्षित भएको स्थानीयले बताएका छन् । 

बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन, ठूलो क्षेत्रफलमा जग्गा नदी उकाससमेत भएको छ । बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुंगा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिरहाको करिब २६ हजार आठ सय ८७ घरधुरी लाभान्वित भएको आयोजना प्रमुख यादवले जानकारी दिए । 

कमला नदीमा ६८ दशमलव २५ किलोमिटर तटबन्ध बनाउँदा दुवैतर्फ करिब दुई हजार पाँच सय हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएको छ । एक लाख ४५ हजार छ सय ५३ जना प्रत्यक्ष लाभान्वित भएका प्रमुख यादवले बताए । तटबन्ध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभूति गर्दै स्थानीयले उकास भएका जग्गामा धमाधम खेतीपातीका साथै घेराबार गरी नर्सरी बनाउन थालेका छन् । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x