
इक्वीटी ब्रीज नेपालका संस्थापक पाण्डे दाजुभाइद्वारा प्रभावकारी सिकाइको मोडेल प्रोजेक्ट सपना सार्वजनिक भएको छ । प्रोजेक्ट सपनाको व्यावहारिक सिकाइ र उपलब्धिको बारेमा गेट कलेजको कन्फ्रेन्स हलमा शुक्रवार एक प्रस्तुतीकरणमार्फत जानकारी दिइएको छ ।
कार्यक्रममा प्रोजेक्टका अवधारणाकर्ता कैलाशराज पाण्डे र हिमालराज पाण्डे दाजुभाइले काठमाडौं नजिकैको एक सामुदायिक विद्यालयका १७ जना विद्यार्थीसहित तीन वटा सफ्टवेर कम्पनीलाई सहभागि गराएर उक्त प्रोजेक्ट तयार पारेका हुन ।
उक्त प्रोजेक्टमा व्यवहारिक सीप सिकाइको अभ्यास गर्न पाण्डे दाजुभाइले दुई महिना लागेको बताए । यो योजना अनुसार हरेक विद्यार्थीको जिज्ञासा र उनीहरुको क्षमता विकासमा सहयोग पुगेको विषय डिजिटलाइज हुने प्रोजेक्टका एक अवधारणकर्ता कैलाशराज पाण्डेले बताए ।
यो योजना अनुसार हरेक विद्यार्थीले सीप तथा क्षमतालाई नै उजागर गर्ने भन्ने हो । कुनै विद्यार्थीले बोल्दा नेटवर्क बनाउने, आइडिया ल्याउने र त्यसलाई प्रस्तुतीकरण गर्ने विषयलाई यो प्रोजेक्ट सपनाले व्यावहारिक रुपमै प्रस्तुत गर्छ ।
व्यवहारिक ज्ञान र सफ्टवेरले कसरी काम गर्छ भन्ने सहितका विषयलाई समेटेर डिजिटलाइजेन गर्ने मुख्य योजना प्रोजक्ट सपनाको भएको पाण्डेले बताए ।
प्रोजेक्ट सार्वजनिक कार्यक्रममार्फत सहभागी सबै विद्यार्थीहरूले सफ्ट स्किलहरूमा उल्लेख्य प्रगति गरेका छन् । जसले उनीहरूको आत्मविश्वास पनि बढाएको थियो ।
उनीहरूले नेपालमा करियर विकास गर्न अवसरहरूको स्पष्ट चित्र प्राप्त गर्न र आफ्नो लागि राम्रो भविष्यको सपना देख्न सिकाउने बुझाइ पनि प्रोजेक्ट सपनाको छ ।
यो योजना तयार पार्ने पाण्डे दाजुभाइले आफ्नै व्यक्तिगत अनुभवहरू प्रतिबिम्बित गर्दै सफ्ट स्किलको प्रयोग गरेका हुन् ।
यो प्रोजेक्टको लागि काठमाडौंको कंकाली माध्यमिक विद्यालयमा १७ जना ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीलाई सहभागि गराइएको छ ।
यो प्रोजेक्टमा सहभागी विद्यार्थी आरुश्री गौतमले अभ्यासमा आधारित सिकाइ प्रभावकारी भएको बताइन् । उनले प्रोजेक्ट सपनामार्फत समूहमा काम गर्ने शैली, साथीहरूसग मेलेर काम गर्ने र आफूभन्दा वरिष्ठसँग गर्नुपर्ने कुराकानीको शैली र उनिहरुबाट सिक्ने ज्ञानको जानकारी आफूले पाएको बताइन् ।
यो प्रोजक्ट सपना सहभागि भएर गरिएको अभ्यासले आफूमा निखारता ल्याएको, बोल्ने क्षमतादेखि ठूलो समूदायमा गएर निर्धक्कसँग आफूलाई प्रस्तुत गर्न सकेको समेत बताइन् ।

यो प्रोजेक्टले गरेको काम र यसले गरेको काम तथा विभिन्न क्षेत्रमा करियरको सम्भावनाबारे दिएको जानकारी प्रस्तुतीकरण भएको छ ।
कुनै विद्यार्थीले सपना देख्नुपर्छ, त्यसलाई कसरी पूरा गर्ने, कस्तो बन्न चाहने र समस्या के हुन भन्ने हुन सक्छ । त्यसलाई हरेक विद्यार्थी र विद्यालयमा पुगेर सिकाउन सहज नहुने भएकोले यही प्रोजेक्ट सपनाको डिजटलाइजेशनबाट हुने दाबी पनि पाण्डेको छ ।
अन्तर्क्रियात्मक कार्यक्रममा इन–पर्सन गेमहरू को माध्यमबाट कसरी फेस गर्नेभन्नेदेखि कन्फिडेन्स विल्डअप गर्नेसम्मको सुनिश्चितता दिइएको पनि पाण्डेको भनाइ छ ।
ग्रोबाइ डाटा, भूस र एफवान सफ्टमा लगेर सफ्टवेरको तीन वटा कम्पनीलाई सहभागि गरेर पाइलट प्रोजेक्ट तयार पारिएको छ । यसलाई डिजिटलाइजेशन गरेर समग्र विद्यार्थी र हरेक जिज्ञासा राख्ने विद्यार्थीको लागि उपयोगी बनाउने उद्देश्य प्रोजेक्ट सपनाको हुने यसका अवधारणाकर्ता पाण्डेले बताए ।
यो प्रोजेक्टबाट विद्यार्थीले आशा गरेका र नेपालका प्रत्येक विद्यार्थीले स्रोत नपुगेका पृष्ठभूमिबाट आएका विद्यार्थीहरूले आफ्नो करियरमा सफल हुनका लागि समान जानकारी प्राप्त गर्न सक्षम भएका उदाहरण नै समावेश गरेर प्रोजेक्ट सार्वजनिक गरिएको हो ।
उक्त प्रोजेक्ट सार्वजनिक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, काठमाडौं विश्वविद्यालयका पूर्व डीन प्रोफेसर डा.मनप्रसाद वाग्ले, शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइराला, डा. गंगाराम गौतम र माधवी घिमिरेको उपस्थिति थियो ।
सोही कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक ज्योतिष दीपक घिमिरे, लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. मित्रबन्धु पौडेल, रुपान्तरणमुखी शिक्षा सहजकर्ता मोइन उद्दिन, शिक्षा मन्त्रालयका कार्यक्रम अधिकृतहरु, नेल्टा तथा टिच फर नेपालका प्रतिनिधिहरुसमेतको उपस्थिति थियो ।