×

NMB BANK
NIC ASIA

इक्वीटी ब्रीज नेपालद्वारा प्रभावकारी सिकाइको मोडेल ‘प्रोजेक्ट सपना’ सार्वजनिक

भदौ ३, २०७९

NTC
Premier Steels

इक्वीटी ब्रीज नेपालका संस्थापक पाण्डे दाजुभाइद्वारा प्रभावकारी सिकाइको मोडेल प्रोजेक्ट सपना सार्वजनिक भएको छ । प्रोजेक्ट सपनाको व्यावहारिक सिकाइ र उपलब्धिको बारेमा गेट कलेजको कन्फ्रेन्स हलमा शुक्रवार एक प्रस्तुतीकरणमार्फत जानकारी दिइएको छ ।

Muktinath Bank

कार्यक्रममा प्रोजेक्टका अवधारणाकर्ता कैलाशराज पाण्डे र हिमालराज पाण्डे दाजुभाइले काठमाडौं नजिकैको एक सामुदायिक विद्यालयका १७ जना विद्यार्थीसहित तीन वटा सफ्टवेर कम्पनीलाई सहभागि गराएर उक्त प्रोजेक्ट तयार पारेका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त प्रोजेक्टमा व्यवहारिक सीप सिकाइको अभ्यास गर्न पाण्डे दाजुभाइले दुई महिना लागेको बताए । यो योजना अनुसार हरेक विद्यार्थीको जिज्ञासा र उनीहरुको क्षमता विकासमा सहयोग पुगेको विषय डिजिटलाइज हुने प्रोजेक्टका एक अवधारणकर्ता कैलाशराज पाण्डेले बताए ।


Advertisment
Nabil box
Kumari

यो योजना अनुसार हरेक विद्यार्थीले सीप तथा क्षमतालाई नै उजागर गर्ने भन्ने हो । कुनै विद्यार्थीले बोल्दा नेटवर्क बनाउने, आइडिया ल्याउने र त्यसलाई प्रस्तुतीकरण गर्ने  विषयलाई यो प्रोजेक्ट सपनाले व्यावहारिक रुपमै प्रस्तुत गर्छ ।

Vianet communication

व्यवहारिक ज्ञान र सफ्टवेरले कसरी काम गर्छ भन्ने सहितका विषयलाई समेटेर डिजिटलाइजेन गर्ने मुख्य योजना प्रोजक्ट सपनाको भएको पाण्डेले बताए ।


प्रोजेक्ट सार्वजनिक कार्यक्रममार्फत सहभागी सबै विद्यार्थीहरूले सफ्ट स्किलहरूमा उल्लेख्य प्रगति गरेका छन् । जसले उनीहरूको आत्मविश्वास पनि बढाएको थियो ।

उनीहरूले नेपालमा करियर विकास गर्न अवसरहरूको स्पष्ट चित्र प्राप्त गर्न र आफ्नो लागि राम्रो भविष्यको सपना देख्न सिकाउने बुझाइ पनि प्रोजेक्ट सपनाको छ । 

यो योजना तयार पार्ने पाण्डे दाजुभाइले आफ्नै व्यक्तिगत अनुभवहरू प्रतिबिम्बित गर्दै  सफ्ट स्किलको प्रयोग गरेका हुन् ।

यो प्रोजेक्टको लागि काठमाडौंको कंकाली माध्यमिक विद्यालयमा १७ जना ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीलाई सहभागि  गराइएको छ ।

यो प्रोजेक्टमा सहभागी विद्यार्थी आरुश्री गौतमले अभ्यासमा आधारित सिकाइ प्रभावकारी  भएको बताइन् । उनले प्रोजेक्ट सपनामार्फत समूहमा काम गर्ने शैली, साथीहरूसग मेलेर काम गर्ने र आफूभन्दा वरिष्ठसँग गर्नुपर्ने कुराकानीको शैली र उनिहरुबाट सिक्ने ज्ञानको जानकारी आफूले पाएको बताइन् ।

यो प्रोजक्ट सपना सहभागि भएर गरिएको अभ्यासले आफूमा निखारता ल्याएको, बोल्ने क्षमतादेखि ठूलो समूदायमा गएर निर्धक्कसँग आफूलाई प्रस्तुत गर्न सकेको समेत बताइन् ।

यो प्रोजेक्टले गरेको काम र यसले गरेको काम तथा विभिन्न क्षेत्रमा करियरको सम्भावनाबारे दिएको जानकारी प्रस्तुतीकरण भएको छ ।

कुनै विद्यार्थीले सपना देख्नुपर्छ, त्यसलाई कसरी पूरा गर्ने, कस्तो बन्न चाहने र समस्या के हुन भन्ने हुन सक्छ । त्यसलाई हरेक विद्यार्थी र विद्यालयमा पुगेर सिकाउन सहज नहुने भएकोले यही प्रोजेक्ट सपनाको डिजटलाइजेशनबाट हुने दाबी पनि पाण्डेको छ ।

अन्तर्क्रियात्मक कार्यक्रममा इन–पर्सन गेमहरू को माध्यमबाट कसरी फेस गर्नेभन्नेदेखि कन्फिडेन्स विल्डअप गर्नेसम्मको सुनिश्चितता दिइएको पनि पाण्डेको भनाइ छ ।

ग्रोबाइ डाटा, भूस र एफवान सफ्टमा लगेर सफ्टवेरको तीन वटा कम्पनीलाई सहभागि गरेर पाइलट प्रोजेक्ट तयार पारिएको छ । यसलाई डिजिटलाइजेशन गरेर समग्र विद्यार्थी र हरेक जिज्ञासा राख्ने विद्यार्थीको लागि उपयोगी बनाउने उद्देश्य प्रोजेक्ट सपनाको हुने यसका अवधारणाकर्ता पाण्डेले बताए । 

यो प्रोजेक्टबाट विद्यार्थीले आशा गरेका र नेपालका प्रत्येक विद्यार्थीले स्रोत नपुगेका पृष्ठभूमिबाट आएका विद्यार्थीहरूले आफ्नो करियरमा सफल हुनका लागि समान जानकारी प्राप्त गर्न सक्षम भएका उदाहरण नै समावेश गरेर प्रोजेक्ट सार्वजनिक गरिएको हो ।

उक्त प्रोजेक्ट सार्वजनिक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, काठमाडौं विश्वविद्यालयका पूर्व डीन प्रोफेसर डा.मनप्रसाद वाग्ले, शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइराला, डा. गंगाराम गौतम र माधवी घिमिरेको उपस्थिति थियो ।

सोही कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक ज्योतिष दीपक घिमिरे, लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. मित्रबन्धु पौडेल, रुपान्तरणमुखी शिक्षा सहजकर्ता मोइन उद्दिन, शिक्षा मन्त्रालयका कार्यक्रम अधिकृतहरु, नेल्टा तथा टिच फर नेपालका प्रतिनिधिहरुसमेतको उपस्थिति थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x