×

NIC ASIA

कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकार गम्भीर छ : मन्त्री यादव

भदौ ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

Muktinath Bank

कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न आयोगले मन्त्रालयमा बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै उनले विस्थापितको समस्याका विषयमा सरकारले गहनरूपमा अध्ययन गरी समस्या समाधनका लागि सबै निकायमा पहल गर्ने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘मुआब्जा नपाउँदा विस्थापितहरू लामो समयदेखि पीडित बनेका छन्, पीडितका समस्या समाधानका लागि पहल गर्नेछु ।’


Advertisment
Nabil box
Kumari

यसैगरी मन्त्री यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको हकमा आवश्यक जानकारी लिन मन्त्रालय मातहतका निकायलाई निर्देशन समेत दिए । कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न आयोगका अध्यक्ष राजकुमार राईले आयोग गठन भएपछि हालसम्मका काम कारवाहीका विषयमा एक प्रारम्भिक प्रतिवेदन तयार गरी मन्त्री यादवलाई बुझाएका थिए ।

Vianet communication

प्रारम्भिक प्रतिवेदनमा टिओआरमा उल्लेख भए अनुरूपका र जग्गा मुआब्जा नपाएका आरक्ष विस्थापितको हकमा घरबासका निमित्त जग्गा व्यवस्थापन हुनुपर्ने, अन्यको हकमा सम्पूर्ण अध्ययन अनुसन्धान गरी उचित व्यवस्थापन हुनुपर्ने उल्लेख छ ।

विक्रम संवत् २०३३ सालमा कोसीटप्पु वन्यजन्तु आरक्षको विस्तार गर्ने क्रममा सरकारले सुनसरी र सप्तरीमा करीब ४ हजारभन्दा बढी बिघा जग्गा गरेको थियो । जग्गा अधिग्रहणका बखत जग्गाको सट्टामा जग्गा दिने सहमति गरिएको भए पनि त्यहाँका विस्थापितले अहिलेसम्म जग्गा नपाएको गुनासो छ ।

कतिपयलाई सरकारले जग्गाधनी प्रमार्ण पुर्जा दिई मालपोतको तिरो तिर्दै आए पनि जग्गा पीडितले भोगचलन गर्न नपाएको र गैरविस्थापितले कब्जा गरेको आयोगका विज्ञ सल्लाहकार श्याम लम्सालले जानकारी दिए । उनका अनुसार आरक्ष पीडितका समस्या समाधानका लागि हालसम्म २१ आयोग गठन भए पनि हालसम्म समस्या समाधान हुन नसकेको पीडितको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x