०९ साउन २०८३, शनिबार

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता, बैंकको लगानीमा कोषले सुरक्षण प्रदान गर्ने

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता, बैंकको लगानीमा कोषले सुरक्षण प्रदान गर्ने

सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडांैबीच सम्झौता भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडांैको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार सनराइज बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा प्रतिव्यक्ति रु. ७ लाखसम्म लगानीमा कोषले सुरक्षण प्रदान गर्नेछ । 

त्यस्तै, धितो जमानीमा प्रतिव्यक्ति रु. २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत प्रतिव्यक्ति रु. १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी (वा व्यक्तिगत वा सामुहिक जमानीमा रु.१५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । 

सम्झौतापश्चात् निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत लघुवित्त तथा विपन्न वर्ग कर्जा तथा कोषले तोकेको व्यवसाय क्षेत्रमा सनराइज बैंकले लगानी गरिएका कर्जाको जोखिम न्यूनिकरण हुने जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्