०३ साउन २०८३, आइतबार

सेन्साई को ‘३ को झट्का’ नामक दशैं योजना सार्वजनिक

सेन्साई को ‘३ को झट्का’ नामक दशैं योजना सार्वजनिक

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरूको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरूले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरूले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरू जित्न सक्नेछन् भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भिथ्री मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेण्टीहरू र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

सेन्साईका सामानहरूको खरिद गरेपश्चात ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन अंग्रेजीमा सेन्सेई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना भद्रौ ९ देखि सीमित अवधिका लागि मात्र लागू गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्