१० साउन २०८३, आइतबार

मोबाइल व्यवसायीहरूका लागि नबिलले गर्‍यो वित्तीय अन्तक्रिया कार्यक्रम

मोबाइल व्यवसायीहरूका लागि नबिलले गर्‍यो वित्तीय अन्तक्रिया कार्यक्रम

नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरूको वित्तीय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट, फोन लोनको बारेमा छलफल गरेको थियो । 

कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पु¥याउने विभिन्न पहलकदमी क्रियाकलापहरू जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरू ल्याएको जानकारी गराए । उनका अनुसार नबिल च्यानल फाइनान्सिङले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ। 

त्यस्तै, नबिल फोन लोनले व्यापारीलाई  कारोबारमा आधारित बिना धितो डिजिटल माध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसै गरी उनले क्यूआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्यूआर र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए । 

कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरूका रूपमा प्रहरी निरीक्षक सुजन केसी, नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याधो र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो । संवाद कार्यक्रमको सञ्चालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्