×

NMB BANK
NIC ASIA

जमिनमा धाँजा फाट्दा पर्वतका पाँच परिवार विस्थापित, गाउँ नै जोखिममा

भदौ १४, २०७९

NTC
Premier Steels

जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् । गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो ।

Muktinath Bank

पहिरोले नजिकैका घर जतिबेला पनि खतरामा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँभन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए। पहिरोले घर तथा आँगन चर्किएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गत वर्ष पहिरो शुरु भएको हो । अहिले पनि थप पहिरो बढेकाले हरेक वर्ष जमिनमा क्षति हुने क्रम बढेको छ । गत वर्ष नै आएका प्राविधिकले त्यस क्षेत्रभन्दा माथि रहेको बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएका रहेछन्’, उनले भने, ‘जमिन फाट्न शुरु गरेपछि त्यो सुझाव आए पनि त्यति छिट्टै सरिहाल्न पनि गाउँलेलाई समस्या नै हुन्छ । बस्ती सरेको छैन तर जमिनमा धाँजा फाट्ने र बग्ने क्रम बढेको छ ।’


Advertisment
Nabil box
Kumari

जमिनको तल्लो आधार तहबाट पूरै फाटेका कारण माटो बग्दै जाँदा रूख र फलफूलका रुखहरू पनि ढलेका छन् । ठूलो क्षेत्रमा पहिरो शुरु भएकाले संरचना निर्माण गरेर वा ग्याबियन जाली भरेर पनि पहिरो रोकिने अवस्था नभएको अध्यक्ष आचार्यले बताए । पहिरो बढ्दै गए त्यो भन्दा माथिका सयौँ घर विस्थापित हुने अवस्था छ ।  पहिरो गाउँभन्दा तलबाट शुरु भएका कारण माथिका सबै घर पहिराेमा पर्ने जोखिम रहेको आचार्यले बताए । 

Vianet communication

तत्कालीन समयमा पहिरो नियन्त्रणमा राख्न गाउँपालिकाबाट प्राविधिक र जनप्रतिनिधि गएर अवलोकन गरेर छलफल भएको छ । बग्दै गरेको जमिनमा थप क्षति हुन नदिन तत्कालीनरूपमा वर्षाका कारण बगेर आउने पानीलाई पहिराेमा पस्न नदिन भल काटेर पहिराेमा नपर्ने गरी तर्काउन सकिने देखिएको छ । बग्दै आएको पानीका लागि नहरजस्तो बनाएर पाइप जडान गरी एकातर्फको सुरक्षित ठाउँमा फाल्न प्राविधिकले सुझाव दिएकाले त्यसैअनुसार बाढी तर्काउने योजना गाउँपालिकाले बनाएको छ ।

फाटेको जमिन केही हदसम्म रोक्न सक्ने घाँस पाइने भन्ने प्राविधिक सञ्जालमार्फत थाहा पाएपछि सर्लाही जिल्लाबाट उक्त घाँस ल्याएर पहिरोमा रोप्ने विकल्पबारे पनि छलफल भइरहेको अध्यक्ष आचार्यको भनाइ छ । जुन उपाय अपनाएर बस्तीलाई सुरक्षित राख्न सकिन्छ, तत्काललाई काम गर्ने र दीर्घकालीनरूपमा जोखिम कायमै हुने भएकाले बस्ती सुरक्षित राख्न सकिने उपायबारे गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने उनले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x