![ईश्वर पोखरेलले मलाई सिट छाड्नुहुन्छ भन्ने विश्वास छ– कलाकार सीतेबा [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/site_ba_vBvKt9DF7k.png)
चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक ‘सीतेबा’ले लौरो चिह्न लिएर काठमाडौं ५ बाट चुनाव लड्ने घोषणा गरेका छन् । सितेबाले बिहीवार काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
ललितपुरमा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा उनले पनि उम्मेदवारी घोषणा गरे । यो अभियानका संयोजक सुमन सायमी हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेका थिए । पोखरेलसँग निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेका सीतेबाले पोखरेलले आफूलाई सिट छाडिदिने विश्वास व्यक्त गरेका छन् । ‘यसपटक ईश्वर पोखरेलले पनि मलाई नै सिट छाड्नुहुन्छ भन्ने विश्वास छ’, कलाकार सीतेबाले भने ।
बाँकी भिडियोमा