×

NMB BANK
NIC ASIA

व्यक्तिगत फाइदा हेरेर पूर्वाधारमा लगानी गर्ने प्रवृत्ति विकासको बाधकः अर्थमन्त्री शर्मा

भदौ २४, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरेर गर्ने प्रवृत्ति नेपालमा हाबी भएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले नेपालमा बचत गर्ने संस्कार नहुँदासमेत ठूला पूर्वाधारमा लगानी गर्न स्रोतको अभाव भइरहेको बताए । 

Muktinath Bank

शुक्रवार काठमाडौंमा पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपालमा वैदेशिक लगानीको लागि कानून नहुँदा अपेक्षाअनुसार विदेशी लगानी आउन नसकेको बताए । उनले पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वाधार विकासमा सरकारका मन्त्री,सरकारी कर्मचारी,लगानीकर्ता र जनताको सोचमा नै समस्या रहेको भन्दै उनले भने, ‘नेपालको पूर्वाधार विकास गर्ने सोचमा समस्या छ । हामीले अहिलेको विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत रुपले मात्रै सोच्ने विषयमा समस्या छ । सोचबाट नै सरकारका मन्त्री, सरकारी कर्मचारी, लगानीकर्ता र जनताको सोचमा समस्या छ । सबैभन्दा पहिला पूर्वाधार विकास गर्ने सोचलाई बदल्नु पर्छ ।’ 


Advertisment
Nabil box
Kumari

उनले पूर्वाधारमा लगानीलाई व्यक्तिगत फाइदासँग मात्र जोडिएको बताए ।

Vianet communication

‘पूर्वाधार विकास समग्र राष्ट्र, समाज र सबैका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि मात्रै हेर्ने गरेका छौँ । त्यो पनि समस्या देखिएको छ । अब अहिले नेपाललाई कस्ता भौतिक पूर्वाधारहरू आवश्यकता छन् । शिक्षा, स्वास्थ्य, पर्यटन,सञ्चारलगायत विविध क्षेत्रका कुरा गर्छाैं । तर, सरकारको अहिलेसम्म पूर्वाधार विकास गर्ने स्पष्ट नीति छैन । जसको सरकार आयो, जो मन्त्री भयो उसको नीति भन्ने प्रचलन रहेको छ’, उनले भने, ‘कुन–कुन पूर्वाधार आवश्यक हुन् र के-मा लगानी गर्ने समस्या आउँछ । अहिले नेपाललाई कति वटा विमानस्थल आवश्यक हो । भनेर पहिचान गरेर काम गरिरहेको हुन्छ तर अर्को थपिने र घट्ने गर्छ यो राजनीतिक समस्या हुन् । अर्को राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो छैन । पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने, गुणस्तर नहुने समस्या रहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x