×

NMB BANK
NIC ASIA

सन्दर्भ : देउवाको अभिव्यक्ति

सशंकित बालुवाटार: सहकर्मीलाई 'षड्यन्त्रकारी' भन्दै गठबन्धनको बचाउमा किन उत्रिए देउवा ?

भदौ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सीट बाँडफाँटलाई लिएर सत्ता गठबन्धनबीच रस्साकस्सी चलिरहेको समयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी तालमेल र गठबन्धनको विरोध गर्नेलाई षड्यन्त्रकारीको संज्ञा दिएपछि कांग्रेसको एउटा तप्का तरंगित छ । पार्टीभित्रबाट गठबन्धनको विरोध गर्नेलाई देउवाले पार्टी सिध्याउने षड्यन्त्रकारीको संज्ञा दिएका छन् ।

Muktinath Bank

जनताको साथमा कांग्रेस अभियानको समापन गर्ने क्रममा गठबन्धनका एक शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा उभिएर देउवाले भनेका थिए– 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो के अवस्था थियो चितवनमा ? एक्लै चुनाव लड्दा के अवस्था हुन्छ ? सबै मिलेर चुनाव लड्दा नै पार्टी बलियो हुन्छ । पार्टी बलियो हुनु नै महत्त्वपूर्ण छ । आज यहीँका मान्छेहरू मन्त्री छन् । भोलि यहाँकै मान्छे मन्त्री, प्रधानमन्त्री हुन सक्छन् । अहिले गठबन्धन आवश्यक छ । गठबन्धनलाई बचाएर लैजान पनि त्यत्तिकै आवश्यक छ । गठबन्धन कुनै पनि हालतमा टुट्न दिनुहुन्न । गठबन्धन ठीक छैन भन्ने षड्यन्त्रकारी कुरा हो । पार्टीलाई सिध्याउने षड्यन्त्र हो यो । गठबन्धन रहे पो पार्टी बलियो हुन्छ, त्यसैले गठबन्धनको खिलाफ बोल्ने कुरा छैन । गठबन्धनबाट जतिसक्दो बढी भन्दा बढी फाइदा लिनुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

देउवाको भनाइलाई बल दिँदै सरकारमा देउवापछि दोस्रो वरीयतामा रहेका गृहमन्त्री एवं उनका विश्वासपात्र बालकृष्ण खाँणले शनिवार गठबन्धन तोड्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए । तरुण दलका कार्यकर्तालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै खाँणले भनेका थिए–

Vianet communication
Laxmi Bank

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सीट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नुपर्दछ । तर, गठबन्धन तोडेर हेरौँ भनेर भन्नुहुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । कांग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी पार्टीका तरुण साथीहरूलाई बोलाउने र भ्रम सिर्जना हुने गरी भाषण गर्नु हुँदैन । हामी गठबन्धनमा आबद्ध छौं । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो ।’

देउवा र खाँणका पछिल्ला अभिव्यक्ति कांग्रेसभित्र गठबन्धनको विरोध गर्ने नेताहरूलाई तह लगाउने चेतावनी हो । गठबन्धनको विरोध गर्नेले टिकट पाउँदैनौ भन्ने घुमाउरो चेतावनी हो । गठबन्धनको विरोध गर्ने नेतालाई देउवाले सोध्ने गरेका छन्, एक्लै चुनाव जित्ने ताकत छ ? 

संस्थापनइतरका एक केन्द्रीय सदस्यले सभापति देउवाले पार्टीभित्र बलमिच्याइँ शुरू गरेको टिप्पणी गरे ।

‘गठबन्धनभित्र सीट बाँडफाँटको प्रस्ताव गर्दा पनि आफ्नो पक्षका नेताहरूलाई केन्द्रमा राखेर कुरा भइरहेको छ । विरोध गर्नेहरूलाई तर्साउन पार्टीविरुद्ध षड्यन्त्र भयो भनेर आरोप लगाउने काम भयो,’ ती सदस्यले भने ।

कांग्रेस गठबन्धन गर्दा सिद्धिन्छ कि नगर्दा ? 

नेपाली कांग्रेसभित्र माओवादीसँगको चुनावी तालमेललाई लिएर दुई धार छ । देउवा लगायत संस्थापन पक्षका अधिकांश नेताहरू गठबन्धनको पक्षमा छन् ।

एकाध नेताहरू विपक्षमा भएपनि चुनाव जित्न मुस्किल पर्ने भएकाले बोल्न सकिरहेका छैनन् । 

सिद्धान्ततः कांग्रेस र माओवादी परस्परविरोधी राजनीतिक दर्शन बोक्ने दल हुन् । सशस्त्र द्वन्द्वकालको घटनाको तुष बाँकी नै छ । 

कुलबहादुर गुरुङ, विनयध्वज चन्द लगायतका नेताहरूले माओवादीले सम्पत्ति कब्जा गरेको भनेर उजुरी नै गरेका थिए । 

कांग्रेसप्रति सहानुभूति राख्ने ‘उदारवादी’ पुस्ताले पनि माओवादीसँगको तालमेल मन पराएको छैन । 

पार्टीभित्र असन्तुष्टि र आक्रोश भएपनि चुनावमा अन्तर्घात र गठबन्धन दलबाट असहयोग हुने भयले बोल्न सकिरहेका छैनन् ।

टिकट नपाउने पक्का भएकी पार्वती डीसी चौधरीले त संसदबाटै माओवादीसँगको अप्राकृतिक तालमेल देशका लागि धोका भयो भन्दै तोड्न माग गरेकी थिइन् ।

संस्थापनइतर समूहका प्रभावशाली नेताहरूले चुनावी तालमेलको खुला विरोध गरिरहेका छैनन्, मात्र कांग्रेसले १०० सीट पाउनुपर्छ भनेर दाबी गरिरहेका छन् ।

स्थानीय तह निर्वाचनअघि महामन्त्री गगन थापा पनि चुनावअघि गरिने तालमेलको विपक्षमा थिए ।

संसदीय व्यवस्थामा सरकार गठनका लागि कुनै दलले बहुमत ल्याउन नसकेमा गठबन्धन गर्न सकिने तर त्यो चुनावपछि हुनुपर्ने गगनको तर्क थियो । चुनावी तालमेलको औपचारिक निर्णय भएपछि गगनले यो विषयमा बोल्न छाडे । अहिले डा. शेखर कोइरालाले १६५ मध्ये १०० सीट कांग्रेसले पाउनुपर्छ भनेर दाबी गरिरहेका छन् ।

कांग्रेसको यही दाबीका कारण गठबन्धनमा कुरा मिल्न सकेको छैन । देउवा झण्डै ५० प्रतिशत सीट गठबन्धनलाई दिन राजी भइसकेको कांग्रेस स्रोतहरू बताउँछन् ।

८५ देखि ८६ सीटसम्म कांग्रेसलाई राखेर सहमति गर्न देउवाले निर्देशन दिएको कुरा बाहिरिएपछि गठबन्धनका अन्य दल उत्साहित भएका थिए । 

कांग्रेसमा हिन्दू राष्ट्रको वकालत गर्ने र गणतन्त्रविरोधी विचार राख्ने नेताहरू माओवादीसँगको चुनावी तालमेलको विरोधमा छन् ।

पार्टीभित्र मात्र होइन माओवादीसँग तालमेल गरेकामा बाहिरबाट पनि कांग्रेसले आलोचना खेपिरहेको छ । 

‘कांग्रेसलाई अब शायद कांग्रेस भनिरहनु उचित हुँदैन । यसको उचित नाम नेकपा (नेकां) हुन सक्छ,’ हालै मात्र डा. बाबुराम भट्टराईको साथ छाडेका विश्लेषक डम्बर खतिवडाले ट्वीटरमा लेखेका छन् । स्वयं कांग्रेस चितवनका नेताहरूले कम्युनिस्टलाई भोट हाल्दाहाल्दा कांग्रेसले रुख चिह्न बिर्सने खतरा रहेको भनेर बोलिरहेका छन् ।

पार्टीभित्र र बाहिरबाट आलोचना भएपनि कांग्रेस मंसिरको चुनावमा एक्लै जाने सम्भावना टर्दै गएको छ । 

गठबन्धनको विरोध गर्नेलाई षड्यन्त्रकारी भनेर देउवाले आफ्नै गुटका नेतालाई पनि जथाभावी नबोल्न चेतावनी दिने अर्थमा भनेका हुन् ।

डोटीमा आफ्नै गुटको प्रदेश सभापति वीरबहादुर बलायरले गठबन्धन चाहिँदैन भनिरहेका छन् । गृहजिल्ला डडेल्धुराबाट पनि तालमेल नगर्ने निर्णय कांग्रेसले गरेको छ ।

संस्थापनइतर मात्र नभई आफ्नै पक्षका नेतालाई पनि काबुमा राख्नका लागि देउवाले चेतावनीको भाषा बोलेका छन् ।

देउवाले अस्वीकार गरेको माओवादी एक्ल्याउने एमाले प्रस्ताव

नेकपा एमालेले ‘परजीवी’ शक्तिको संज्ञा दिँदै आएको माओवादी केन्द्रलाई दुवैले नबोक्ने गरी एक्लाएक्लै चुनाव लड्ने प्रस्ताव कांग्रेसकोमा पुर्‍याएको छ ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने बेलादेखि एमालेले माओवादीसँगको सहकार्य तोड्न आग्रह गर्दै आएको थियो । एमाले अध्यक्ष ओलीले बेलाबखत भन्ने गरेको आफूले चाहेमा एक हप्तामा गठबन्धन तोडिदिने कुरा पनि यही रहेको माओवादीको बुझाइ छ । 

माओवादीलाई नलिई एक्लाएक्लै चुनावमा जान एमालेले गरेको प्रस्तावलाई कांग्रेसले ‘भरपर्दो’ मान्न नसकिने भन्दै केन्द्रीय समितिबाट निर्णय गराएरै तालमेलमा जाने निर्णय लियो ।

चुनावी तालमेल गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एक्लाएक्लै चुनाव लड्दा माओवादीले ८ सीट जित्ने तर ऊ एक्लै चुनाव नलड्ने विश्लेषण राखेका थिए ।  नेकपा एमालेका महासचिव र उपमहासचिवहरूले माओवादीलाई ‘स्याटेलाइट’ शक्ति भन्दै कांग्रेस र एमाले दुई धारको राजनीतिको कुरा गरिरहेका छन् । 

आफूलाई एक्ल्याउन भइरहेको प्रयासबारे जानकार प्रचण्डले देउवासँग केही आश्वासन पाएका छन् । देउवासँग सत्ता–लेनदेनको विषयमा केही भद्र सहमति गरेका छन् ।

दिल्लीमा पुगेर आरजू देउवासँग सहमति गरेको भनेर बाहिर धेरै हल्ला पनि भयो । त्यो हल्ला यतिसम्म फैलियो कि चीनले समेत शंका व्यक्त गरेको भन्दै प्रचण्डले गत शुक्रवार मात्र त्यस्तो नभएको प्रस्टीकरण दिएका थिए । 

यसकारण माओवादीसँग सहकार्य तोड्न चाहँदैनन् देउवा

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको शर्मनाक पराजयपछि पार्टी हारको जिम्मा लिँदै देउवाले सभापति छाड्नु पर्ने आवाज जोडतोडका साथ उठ्यो । 

कांग्रेसका १० जना युवा केन्द्रीय सदस्यले ‘अर्ली–महाधिवेशन’को माग लिएर अभियान नै सञ्चालन गरेका थिए ।

सरकारको नेतृत्वमा रहेको समयमा पार्टीलाई पराजय गराएको भनेर लागेको आरोप पखाल्नका लागि पनि देउवाले गठबन्धनको भरोसा खोजेका छन् ।

‘जसरी हुन्छ कांग्रेसलाई पहिलो पार्टी बनाएँ भनेर देखाउने उहाँको इख छ, त्यसका लागि सिद्धान्त मिल्ने नमिल्ने सबैसँग गठजोड गरिरहनुभएको छ,’ संस्थापन इतरका ती कांग्रेस नेताले लोकान्तरसँग भने । 

तालमेल नगरी जाँदा पनि कांग्रेस सम्मानजनक हैसियत सहितको पहिलो पार्टी बन्ने भनेर नेताहरूले दिएको सुझावलाई देउवाले गम्भीर रूपमा लिएका छैनन् । 

गठबन्धन नहुँदा एमाले हावी हुने र कांग्रेस दोस्रो पोजिसनमा खुम्चिने खतरा देखेका देउवाले गठबन्धनका दललाई बिच्किन नदिने बताइरहेका छन् ।

एमालेले भनेजस्तो एक्लाएक्लै लड्दा एमाले आफ्नो हाराहारीमा आउने र अन्य साना दल बटुलेर सरकार बनाउन सक्ने त्रास पनि देउवालाई छ ।

कार्यदलमा रहेका सदस्यहरूलाई गठबन्धनका दललाई सम्मानजनक सीट दिएरै सहमति कायम गर्न देउवाले निर्देशन दिएका छन् ।

कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । 

समानुपातिकको सूची बुझाउने अघिल्लो दिन गठबन्धनमा सहमति !

सीट बाँडफाँटलाई लिएर कार्यदलमा कुरा नमिलिरहेको समयमा आफूइरका नेतामाथि दबाब सिर्जना गर्नका लागि देउवाले षड्यन्त्रकारी भनेर आरोपित गरेको कोइराला पक्षको बुझाइ छ ।

देउवाले ८५ सीट लिएर अरू गठबन्धनलाई छाड्ने संकेत गर्दा पनि कार्यदलका सदस्यहरूले १०० सीटमा अडान लिइरहेका छन् । 

सीट संख्यामा कुरा नमिले पनि कार्यदलले निर्वाचन क्षेत्रलाई आधार बनाएर छलफल गरिरहेको छ । ‘कार्यदलमा कांग्रेसको एक स्वर नहुँदा गठबन्धनमा अन्य दलका नेताहरूले १०० सीटमा दाबी नछाडेर तालमेल नचाहेको भन्ने भाष्य सिर्जना गर्न खोज्दैछन्,’ कांग्रेसका अर्का एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्ड र माधव नेपाल बिच्किन्छन् कि भनेर देउवाले आक्रोश पोखेका हुन् ।’ 

कांग्रेस नेताहरूका अनुसार झण्डै एक महिनाको गृहकार्यबाट समेत कार्यदलले सहमति गर्न सकेको छैन । शुरूमा संख्या टुंग्याउने कुरा भए पनि अहिले जिल्ला र क्षेत्रगत कुराकानी भइरहेको छ । 

‘आइतवार बिहानसम्म सबै दलहरूले आफ्नो दाबी पेश गर्ने काम मात्र भएको छ, असोज २ गते समानुपातिकको सूची बुझाउनु पर्ने प्रेसरका कारण एक दिन अघि सम्ममा सहमति होला,’ कार्यदलका एक सदस्यले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x