०४ साउन २०८३, सोमबार

ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।

असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ । 

यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर रु. ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । 

बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रा.लि.तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लिसँगको सहकार्यमा ल्याएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्