×

NMB BANK
NIC ASIA

महाभियाेग प्रकरण

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव आगामी अधिवेशनमा जान सक्दैनः एमाले

भदौ ३१, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्ताव संसद्को अर्को अधिवेशनसम्म लैजान नहुने बताएको छ । एमाले सांसद कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव संसद्को अर्को अधिवेशनमा लैजाने कुरा सम्भव नरहेको बताएका हुन् । 

Muktinath Bank

शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पोखरेलले नयाँ बन्ने प्रतिनिधि सभामा महाभियोगबारे छलफल हुने यसअघिको अभ्यास र नियमावली पनि नरहेको भन्दै त्यसो गर्न नहुने बताए । शनिवारबाट प्रतिनिधि सभाको कार्यकाल अन्त्य भई संसद्को अधिवेशनसमेत अन्त्य हुँदैछ । यो अधिवेशनबाट महाभियोग प्रस्तावको टुंगो लाग्न नसक्ने देखिएको अवस्थामा केही कानूनविद्हरूले अर्को संसद्मा प्रस्ताव प्रस्तुत गरेर टुंगोमा पुग्नुपर्ने बताइरहेका छन् । 
सांसद पोखरेलले महाभियोग संसद्ले नभई केही सदस्यले मात्र लगाएको जिकिर गर्दै त्यसको स्वामित्व अर्को संसद्ले लिने कुरा अभ्यासतः गलत हुने बताए । उनले महाभियोग लगाउनेहरू फेरि निर्वाचित भएर संसद्मा आउँछन् वा आउँदैनन् भन्ने कुराको टुंगो नभएको अवस्थामा अर्को संसद्मा महाभियोग प्रस्तावबारे छलफल हुने कुरा ठीक नहुने तर्क गरे । 
‘आगामी संसदमा पठाउने कुरा सम्भावना देखिँदैन । आगामी अधिवेशनमा यो जाने सम्भावना छैन । हाम्रो अभ्यास पनि छैन, नियमावली पनि छैन । संसद्ले लगाएको होइन । संसद्का केही सदस्यहरूले लगाएको हो । केही व्यक्तिहरूले लगाएका हुन्’, उनले भने, ‘उनीहरू फेरि निर्वाचित भएर आउँछन् वा आउँदैनन् भन्ने कुराको टुंगो छैन, महाभियोग लगाउनेहरू नै नभएको अवस्थामा प्रस्तावमा फेरि छलफल गर्ने कुरा उचित हुँदैन ।’  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद पोखरेलले गठबन्धन दलले महाभियोग पारित गर्ने उद्धेश्यले नल्याएको आरोप लगाएका छन् । महाभियोग पारित गर्ने उद्धेश्यले ल्याएको भए छिटो प्रक्रिया शुरु गर्नुपर्नेमा त्यसो नगरिएको उनले बताए । महाभियोग प्रस्ताव दर्ता गरेको १८ दिनपछि बल्ल छलफल गरिएको बताउँदै उनले महाभियोग सिफारिस समितिले बल्ल हिजो सम्बन्धित निकायसँग आवश्यक कागजात माग गरेकाले पनि नियत ठीक नदेखिएको बताए । 


Advertisment
Nabil box
Kumari

महाभियोग सिफारिस समितिको प्रतिवेदन पूर्ण नहुने भन्दै सांसद पोखरेलले निलम्बनको अवस्थाबारे भने सर्वोच्चले कसरी व्याख्या गर्छ त्यसलाई कुर्नुपर्ने धारणा राखे । 

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x