०८ साउन २०८३, शुक्रबार

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ ।

यस योजना अन्तर्गत आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको बैंकले जनाएको छ  । 

बैंकका अनुसार,यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मूल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जाको व्यवस्था गरिएको छ ।

३५ वर्ष सम्मको कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्