३१ असार २०८३, बुधबार

त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रिनुका साथै पानीको सतह बढेकाले दुवै तर्फका यात्रुवाहक सवारी साधन बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

    उक्त स्थानमा प्रहरी चौकी भैँसेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ । बाढीका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, फाखेल–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्डमा सञ्चालन हुने सबै सवारीसाधन रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्