×

NMB BANK
NIC ASIA

विद्युतीय सवारी-साधन

नाडा एक्स्पोमा ८ इलेक्ट्रिक कार, कुनको कति पर्छ मूल्य ?

असोज ६, २०७९

NTC
Premier Steels

विद्युतीय सवारी साधनहरूको महामेला ‘नाडा ईभी एक्स्पो २०२२’ बिहीवारदेखि शुरू भएको छ । नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले नेपालमै पहिलोपटक ईभी एक्स्पो २०२२ आयोजना गरेको हो । बिहीवार अर्थमन्त्री जनार्दन शर्माले एक्स्पोको उद्घाटन गरेका थिए । 

Muktinath Bank

अबको युग विद्युतीय सवारीसाधनको युग भएको सन्देशसहित मेला शुरू गरिएको हो । मेलामा ९१ स्टलहरू रहेका छन् । जसमा ९ वटा विद्युतीय सवारी साधन, १४ वटा मोटरसाइकललगायत स्टल राखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैं तिहारको अवसर पारेर मेला आयोजना गरिएको छ । 


Advertisment
Nabil box
Kumari

कोरोना महामारीपछि अटोमोबाइल क्षेत्रमा यो नै पहिलो अटो एक्स्पो हो । 

Vianet communication

नाडाले हरेक वर्ष सवारी साधनहरूको मेला आयोजना गर्दै आएको भएपनि कोरोना महामारीका कारण अघिल्लो वर्ष र यस वर्ष मेला भएन । 

यस पटक महामारीपछि मेलाको तयारी भए पनि अर्थतन्त्रको अवस्था नाजुक बनेको भन्दै सरकारले निजी प्रयोजनका सवारी साधन आयातमा लामो समयदेखि रोक लगाएको छ । त्यसैकारण पनि यो ईभी एक्स्पो विशेष छ ।

एक्स्पो आयोजना भएपछि सवारी साधन बिक्रेताहरू उत्साहित भएका छन् । 

टाटाको टिगोर

ईभीमा विभिन्न ९ स्टल विद्युतीय चारपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनका लागि राखिएको छ । जसमा सबैभन्दा सस्तो कारमा टाटाको टिगोर ईभी रहेको छ । 

यस कारको मूल्य ३१ लाख ९९ हजार पर्ने कम्पनीका सेल्स म्यानेजर अनुज कोइरालाले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार, टिगोर ईभीमा २६ किलोवाटको ब्याट्री र ५५ किलोवाटको मोटर दिइएको छ । टिगोर ईभीका साथमा टाटाले एक्स्पोमा  नेक्सस ईभी प्राइम र नेक्सस ईभी डार्क राखेको छ ।

यी तीन मोडलको विषेशता प्राय उस्तै छ र पनि भिन्न छ । 

नेक्सन ईभी प्राइम नयाँ मोडल हो । यसको ग्राउण्ड क्लियरेन्स २०५ एमएमको छ । यसमा ९५ किलोवाटको मोटर र ३०.२ किलोवाटको ब्याट्री दिइएको छ । 

नेक्सस ईभीडार्क एडिसन लक्जरी गाडी हो । यो कारको भित्र, बाहिर तथा अलोए ह्वीलमा समेत डार्क नै छ ।  

यस कारको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ र मिड अप्सनमा ४१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

नेटा ईभी
चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले एक्स्पोमा नेटा ईभी कार राखेको छ । 

सीजी मोटर्सका सेल्स एण्ड अपरेसन म्यानेजर विमल थापाका अनुसार एक्स्पोमा आउनुअघि पनि यो कार अत्याधिक बुकिङ भएको थियो ।

एक्स्पोमार्फत पनि गाडी अत्याधिक नै बुकिङ हुने उनको विश्वास  छ । नेटा ईभी चीनमा पनि उच्च बिक्री भएको गाडी हो । यसमा ३.५ किलोवाटको ब्याट्री हुन्छ । 

यो गाडीलाई घरमै पनि चार्ज गर्न सकिने म्यानेजर थापाले जानकारी दिए । यस कारको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ राखिएको छ । 

एक्स्पोभरमा करीब १०० वटा गाडी बिक्री गर्ने अपेक्षा राखिएको म्यानेजर थापाले जानकारी दिए ।  
 
सिटी स्प्रीट

स्टलमा शहर केन्द्रित कार पनि राखिएको छ । स्टलमा राखिएको सिटी स्प्रिट कार शहर केन्द्रित कार हो । 

यस कार न्यूनतम ३० किलोमिटर प्रतिघण्टादेखि अधिकतम ५० किलोमिटर प्रतिघण्टा मात्रै गुड्ने ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिसेजका म्यानेजिङ डाइरेक्टर उमेशराज श्रेष्ठले जानकारी दिए । 

यस कारमा १५ किलोवाटको मोटर र १० किलोवाटको ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यस गाडीको मूल्य ३८ लाख ५० हजार रुपैयाँ छ । 

सिटी एक्सप्रेसमात्रै नभएर कम्पनीले स्टलमा माइक्रोबस र ट्रक पनि राखेको छ । 

बिवाईडी

स्टलमा बिवाईडीको ५९ लाख रुपैयाँ पर्ने कार राखेको छ । सो कारको नाम ई ६ हो ।  सबैभन्दा लामो रेन्ज दिने नेपालमा यो पहिलो गाडी भएको बिवाईडीको शोरुम म्यानेजर मेलिना सापकोटाले दाबी गरिन् । 

उनका अनुसार, यस्तो अन्य कम्पनीले यस्तो रेन्ज भएको गाडी नेपालमा ल्याइसकेका छैनन् । स्टलमा कम्पनीको दुईवटा कलर भेरियन्टमा गाडी देख्न सकिन्छ । त्यो हो कालो र सेतो ।

एक्स्पो अवधिभरमा कम्तीमा ५० वटा गाडी बुकिङ हुने अपेक्षा गरिएको म्यानेजर सापकोटाले बताइन् ।

बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता सिमेक्स इंक प्रालिले स्टलबाट गाडी बुकिङ गर्नेलाई एक वर्षसम्मको गाडी बीमा निशुल्क गरिदिने म्यानेजर सापकोटाको भनाइ छ ।  बुकिङ भएको एक महिनाभित्र गाडी ग्राहकको हातमा पुर्‍याउने उनको भनाइ छ ।​

कोना इलेक्ट्रिक

नाडा ईभीएक्स्पो २०२२ को स्टलमा हुण्डाईको कोना इलेक्ट्रिक र आयोनिक ६ कार राखिएको छ ।

हुण्डाईको ईभी शोरुम थापाथलीका डिलरशीप प्रमुख दिवाकर रेग्मीका अनुसार कोना इलेक्ट्रिकको मूल्य ६० लाख ५६ हजार र आयोजिनक ५ को मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ राखिएको छ । 

कोना इलेक्ट्रिकमा १०० किलोवाट र आयोनिक ५ मा १२५ किलोवाटको ब्याट्री  दिइएको छ ।

दुवै गाडी इजीएमए प्लेटफर्ममा आधारित रहेर बनाइएको प्रमुख रेग्मी बताउँछन् । 

डिलरशीप प्रमुख रेग्मीले विगतमा हुण्डाईका गाडीहरूमा ग्राहकको आकर्षण रहेको भन्दै यसपटक पनि त्यो नघट्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘यो ईभी शो हो, नेपालमा फस्र्ट टाइम, विगतमा जस्तै यसपालि पनि राम्रै हुन्छ भन्ने अपेक्षा छ ।’

ज्याक ई–टी–८

स्टलमा  दि–गो ब्राण्डको गाडी ज्याक ई–टी–८ पनि बिक्रीका लागि राखिएको छ । 

नेपालको हरेक अफरोड सडकलाई सुहाउँदो भएको यो गाडी नेपालमा नै पहिलो इलेक्ट्रिक गाडी भएको कम्पनीका सेल्स म्यानेजर सुप्रित परियारले जानकारी दिए । 

उनका अनुसार, यस गाडीको गांउण्ड क्लियरेन्स २०५ एमएम रहेको छ । यस गाडीमा १५० किलोवाटको मोटर, ६५.२ किलोवाटको ब्याट्री दिइएको छ । 

गाडीको मूल्य ७१ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एक्स्पो अवधिभर करीब १० वटा गाडी बिक्री हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ ।  

टेस्ला

मेलामा सर्वाधिक महँगो गाडीका रूपमा टेस्लाको कार रहेको छ । टेस्लाको मोडल वाई र मोडल पी गरी दुई कार प्रदर्शनीमा राखिएको टेस्लाका सेल्स म्यानेजर विनोद श्रेष्ठले जानकारी दिए । 

मोडल वाई एसयुभी गाडी हो भने यसमा फोर ह्वील ड्राइभ दिइएको छ । यसको ग्राउण्ड क्लियरेन्स २०५ एमएमभन्दा माथि छ । मोडल पी सेडान गाडी हो । 

टेस्लाको मोडल पीको मूल्य १ करोड ४५ लाख रुपैयाँ छ भने मोडल वाईको २ करोड ३० लाख रुपैयाँ रहेको छ । 

महिन्द्रा–थ्री ह्वीलर

९ वटामध्ये ८ वटामा कार प्रदर्शनीमा राखिएको एक्स्पोमा एक स्टलमा भने महिन्द्राको तीन पाङ्ग्रे सवारीसाधन राखिएको छ । 

महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इनर्जीका सेल्स म्यानेजर लिलाप्रसाद नेपालका अनुसार, एक्स्पोमा महिन्द्राको ३ सेग्मेन्ट राखिएका छन् । जसमा अटो, कार्गो र इ–रिक्सा छ ।  

इ–रिक्साको मूल्य ५ लाख ९५ हजार, अटोको मूल्य ८ लाख ४० हजार र कार्गोको मूल्य ९ लाख ७० हजार रुपैयाँ कायम गरिएको म्यानेजर नेपालले जानकारी दिए । 

उनले एक्स्पोमा हरेक दिन २ वटा गाडी बिक्री गर्ने लक्ष्य रहेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x